
महेन्द्रनगर । नेकपा बहुमतले शुक्लाफाँटा नगरपालिकाको झलारीस्थित आशा लघुबित्त बित्तीय संस्था लिमिटेडमा तालाबन्दी गरेको छ । किस्ता उठाउने नाममा जनतालाई सास्ती दिने गरेको, चर्को ब्याजदर,सेवा,शुल्क ,बिमाको नाममा लुटपाट मच्चाएको लगायतका आरोप लगाउँदै तालाबन्दी गरिएको छ ।
शेयर सदस्यहरुको गम्भीर समस्या परेको बेला पनि बचत फिर्ता मागेको बेला बचत नदिएको, किस्ता तिराउने नाममा जनतालाई जबर्जस्ती गरि सास्ती दिने गरेको अनि हिसाब किताब पारदर्शी नभएको र सेयर सदस्य हरुको बचत पास बुक नियन्त्रणमा राखेको भनी तालाबन्दी गरेको हो ।

सेयर सदस्यहरुलाइ ब्याजदर ÷सेवा शुल्क घटाउन माग गर्दा सुनुवाइ गर्नुको सट्टा उल्टै लघुबित्त बाट हटाउने सेयर र बचत पनि फिर्ता नदिने धम्की दिने गरेको भनी आपत्ति जनाएको छ ।
