ghar sansar

पुनर्वासमा स्वीट नेपालको परियोजनाका कार्यक्रम अनुगमन

little buddha academy
khasi

महेन्द्रनगर । पुर्नबास नगरपालिका क्षेत्रमा सञ्चालित एकिकृत जीविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत गरिएको कार्यक्रम अनुगमन गरिएको छ ।

स्वीट नेपालले युएनडिपी नेपाल र पुर्नबास नगरपालिकाको साझेदारी कार्यक्रम अन्र्तगत गरिएका तरकारी खेती गर्ने किसान,कुखुरा पालन, बगुर पालन, च्याउ खेती,खोरहरु सुधार कार्यक्रम,सिँचाईका लागि टयुवेल सहयोग,खुद्रा पसल,सिलाई पसल,ठेला सहयोग कार्यक्रम अनुगमन गरिएको जानकारी स्वीट नेपालका कार्यक्रम ब्यवस्थापक अमित सुनारले बताए ।

,orning glory badhai

पुर्नबास नगरपालिकको वडा न ११ मा भएको औपचारिक कार्यक्रमको अध्यक्षता स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले गरेका थिए भने प्रमुख अतिथी जिल्ला समन्वय समितिका संयोजक दुर्गा बोहरा प्रमुख अतीथि हुनुहुन्थो भने बिशिष्ट अतिथी पुर्नबास नपाका नगरप्रमुख तोया प्रसाद शर्मा र सुदुरपश्चिम प्रदेश कृर्षि तथा सहकारी मन्त्रालयका सचिव मदन सिह धामी बिशिष्ट अतिथी थिए ।

dirghayi clinic

कार्यक्रममा भेटेरेनरी अस्पतालका बरिष्ठ पशु चिकित्सक डा.पान सिह ठगुन्ना,कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिदत्त जोशी पुर्नवास कृषि शाखाका प्रमुख कर्ण बहादुर शाही ,पशु शाखाका प्रमुख अनिता केसि, तथा वडा अध्यक्षले ६ वटा वडाका २५ भन्दा बढी किसान तथा उद्यमीको घरघरमा गई अनुगमन गरे ।

उनीहरुले गरेको उपलब्धी तथा उनीहरुको समस्या तथा का बारेमा सबै सरोकारवाला निकायहरुलाई जानकारी भएको थियो र नगरप्रमुख देखि जिल्लामा अवस्थित कृर्षि,पशु कार्यालय,प्रदेश मन्त्रालयका सचिवहरुले सबै किसानहरुको समस्यालाई लिएर सम्बोधन गर्ने बाचा समेत गरेका थिए ।

युएनडिपी र पुर्नबास नगरपालिकाको सहयोगका स्वीट नेपाल कञ्चनपुरले कोभिड बाट रोजागरी गुमाई घरमै बसिरहेका महिला,दलित,जनजाती,एकल महिला,तथा अती बिपन्न समुदायका लागी लघु उद्यमी बनाई रोजगारीको सिर्जनाका लागी काम गर्दे आईरहेको छ । संस्थाले २ सय ५० जनाभन्दा बढी ब्यक्तिहरुलाई प्रत्यक्ष रुपमा आर्थिक,भौतिक,प्राविधिक सहयोग गरेको छ ।

    

Himal dental
सम्बन्धित
Loading...