ghar sansar

६६ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

khasi

महेन्द्रनगर । सहकारीको दिगोपना , स्वनियम र सुशासन भन्ने नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । भीमदत्त नगर सहकारी संघको आयोजनामा बजारमा प्रभातफेरि लगायतका कार्यक्रम गरिएका छन् ।

प्रभातफेरिपछि भानु पार्टी प्यालेशमा औपचारिक कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिका कार्यालयबाट प्रभातफेरि सुरु भएर मदनचोक हुँदै औपचारिक कार्यक्रममा परिणत भएको छ ।

Anant bahu travels

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रममा भीमदत्तका उप मेयर निलम लेखक जोशी, राष्ट्रिय सहकारी बोर्डका सदस्य दशरथ भण्डारी, भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली लगायतका सहभागी भएका छन् ।

नगर सहकारी संघका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा सहकारी क्षेत्रको विकासमा योगदान पुगाउने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ । उनीहरुमा प्रताप साउँद, बिमला भट्ट, भवानी भन्द, रघुवर भट्ट, प्रकाश थपलिया, विमला भाट लगायतका छन् ।

dirghayi clinic

उनीहरु सबैलाई खादा ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि भीमदत्तका मेयर बोगटीले सहकारी सञ्चालनलाई सहज बनाउन नगरपालिका आवश्यक सहयोग गर्न सधं्र तत्पर रहेको बताए । सहकारीलाई व्यवस्थित गर्न ऐन कानुन संशोधन, जनशक्ति व्यवस्थापन, उत्पादन बिक्रीका लागि बजार व्यवस्थापन लगायतका कार्यमा सहयोग गर्ने उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका सदस्य दशरथ भण्डारीले नगरपालिकाको सहकारी शाखालाई व्यवस्थित गर्न मेयर बोगटीलाई आग्रह गरे ।

उदयदेब बहुद्देश्यीय सहकारी संस्थाका प्रबन्धक गणेश बहादुर चन्द, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रेम सिह भाट लगायतले शुभ कामना मन्तव्य राखे ।

नगर सहकारी संघका अध्यक्ष खरेलले गलत नियतले सहकारी सञ्चालन गर्ने परिपार्टी बस्दै गएकाले नगरपालिकाले समयमै नियन्त्रण लिनु गर्नु पर्नेमा जोड दिए ।

नगर सहकारी संघका उपाध्यक्ष उत्तम बोहराले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव मोहन बहादुर चन्दले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...