ghar sansar

धनगढी बजारमा पुनर्वासको तरकारी बेचबिखन बन्द

मेयर शर्मा भन्छन्– उप महानगरका मेयर सापसित बसेर समस्या हल गर्छौ, तरकारी बेच्ने वातावरण बनाउँछौ

khasi

महेन्द्रनगर । धनगढी उप महानगरपालिकाले पुनर्वास नगरपालिकाका किसानलाई धनगढी बजार क्षेत्रमा तरकारी बेचबिखन बन्द गरेको छ । महानगरले त्रिनगर भन्सार कार्यालयसित समन्वय गरी तरकारी बेचबिखन बन्द गरेको छ ।

धनगढी उप महानगरमा स्वतन्त्र उम्मेदवार गोपी हमालको नेतृत्व आएपछि पहिलो पटक पुनर्वासका किसान तरकारी बेचबिखन गर्न रोकिएका हुन् । यस अघि पुनर्वासका वासिन्दाले बर्षाैदेखि धनगढी बजारमा तरकारी कारोबार गर्दै आएका थिए ।

Anant bahu travels

पुनर्वासका किसानलाई अहिले बजार प्रवेश रोक्न भन्सार कार्यालयमा रोक्ने गरिएको छ । भन्सार बाहेक अन्य बाटो भएर गएर गएका किसानलाई पनि तरकारी बेच्न नदिएर पर्काउने गरिएको छ । पुनर्वासका किसानलाई हाट बजार, मण्डी, फुटपाथ सहित तरकारी कारोबार गर्न बन्द गरिएको छ ।

पुनर्वास नगरपालिका ७ का किसान शिवराज पोखरेलले वर्षौदेखि तरकारी बेच्दै आएको धनगढी बजारमा यस पटक रोकिएको बताए । ‘वर्षौदेखि धनगढी बजारमा लगेर बेच्दै आएका छौ, यस पटक वडाको सिफारिश चाहिने भन्दै तरकारी बेच्न दिइएको छैन’ नउले भने,‘यस बारे नगरपालिकालाई भनि सकेका छौ ।’

धनगढी उप महानगरपालिकाले नगर क्षेत्रका किसानका लागि हाट बजार तरकारी बेच्न परिचय पत्र अनिवार्य गरेको छ । उप महानगरका वासिन्दाका लागि अनिवार्य गरिएको परिचय पत्रले पुनर्वासका किसान तरकारी कारोबार गर्न वञ्चित हुने अवस्थामा पुगेका हुन् ।

dirghayi clinic

धनगढी बजारमा कारोबार गर्न नदिएपछि पुनर्वासका मेयर तोयप्रसाद शर्माले धनगढी उप महानगर नगर हमालसित छलफल गरेका छन् । दुबै पालिकाका मेयरबीच तीन महिना अघि समस्या समाधानका लागि छलफल भएपछि केही दिन कारोबार गर्न दिइएको थियो । त्यसपछि फेरि पुनर्वासका किसानलाई तरकारी कारोबार गर्न बन्द गरिएको छ ।

पुनर्वासका मेयर शर्माले किसानको तरकारी बेच्न बन्द गरिएपछि उप महानगरका मेयर हमालसित छलफल गरी समस्या समाधान गरिएको बताए ।

‘यताका किसानलाई त्यहाँ कारोबार गर्न दिइएन भन्ने गुनासो आएपछि मैले त्यही बेला उप महानगरका मेयर सापसित छलफल गरी समस्या समाधान गरेका थियौ, वहाँले त्यो बेला तरकारी बेच्न नदिने त होइन, तर भारतीय तरकारी रोक्का गर्दा त्यता पनि रोकिएछ भन्नु भयो’ उनले भने,‘त्योपछि त तरकारी लगेर बेचियो, अहिले फेरि रोकियो भन्ने गुनासो आएको छ, यसबारे नगरपालिका फेरि बुझ्छ ।’

धनगढी उप महानगरको साझेदारीमा सञ्चालित त्रिनगर हाट बजारमा एक हजार भन्दा बढीले व्यापार गर्न सक्ने क्षमता छ । बजारभित्र एक सय ४० वटा स्टल र १० वटा सटर छन् ।

धनगढी बजारमा कारोबारका लागि वडाको सिफारिश चाहिने बताएपछि मेयर शर्माले सबै वडाबाट सिफारिश दिने बताए । ‘सिफारिश दिने ठूलो कुरा भएन, नगरपालिका सबै वडाका किसानलाई सिफारिश दिन्छ’ उनले भने,‘त्यसका लागि कृषि शाखाबाट कार्य अघि बढाउँछौ ।’

पुनर्वास नगरपालिका सबै वडाका किसानले तरकारी खेती गर्दै आएका छन् । चालु आर्थिक वर्षमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडीपी) को सहयोगमा तरकारी खेती लगायतका कार्यक्रमका लागि साझेदारी परियोजना सञ्चालन गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...