![ghar sansar](https://ebikalpadainik.com/wp-content/uploads/2024/09/ghar-sansar-1.png)
महाकालीको रोयल्टी संकलनमा बदमासी गरिएको भन्दै तटीय क्षेत्रका वासिन्दा आन्दोलित, उप मेयरलाई बुझाए ज्ञापन
महेन्दनगर । महाकाली नदीबाट राजस्व संकलनमा बदमासी भईरहेको भन्दै भीमदत्त नगरपालिका ११, १२ र १३ तटिय क्षेत्रका स्थानीय आन्दोलित भएका छन । भीमदत्त नगरपालिकाबाट राजस्व संकलनमा बदमासी भईरहेको र राजस्व छली भईरहेको भन्दै उनीहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । उनीहरुले भीमदत्तको राजश्व परामर्श समितिका संयोजक समेत रहेकी उपप्रमुख निलक लेखकलाई ज्ञापन पत्र बुझाएका छन् ।
भीमदत्त नगरपालिका ११ भुजेलाका स्थानीय सुभास सिह धामीले नगरपालिकाबाट महाकाली नदीको रोयल्टी (ढुङगा, बालुवा) संकलनमा बदमासी भएपछि नगरपालिकाको ध्यानाकर्षण गराएको बताए । ‘राजस्व संकलन गर्दा ठेलीमा कार्यालयको छाप छैन, ‘उनले भने, ‘छापबिनै रसिद काटिरहेका छन, यो त सरासर बदमासी भयो ।’
![lotus institite](https://ebikalpadainik.com/wp-content/uploads/2024/10/lotus-instiute.jpg)
![daimond public](https://ebikalpadainik.com/wp-content/uploads/2025/01/hira-chand.jpg)
स्थानीय भैरव भट्टले ठाडो रुपमा राजस्वछली हुँदा समेत भीमदत्त सरकार चुपचाप बसेको आरोप लगाए । ‘उता महाकाली नदीबाट दैनिक राजस्व छली भईरहेको छ, तर कसैलाई चिन्ता छैन, न अनुगमन छ ।’
नेकपा माओवादी भीमदत्त नगरका नेता कृष्णदत्त जोशी(बोक्सर)ले नगरको आम्दानीको स्रोत नै दुरुपयोग हुँदा समेत पालिका सरकारले चासो नदेखाएपछि स्थानीयले ध्यानाकर्षण गराएको बताए ।
‘महाकाली नदीबाट रोयल्टी संकलन बाफत दैनिक लाखौँ रकम संकलन हुन्छ, ‘उनले भने, ‘त्यसमै बदमासी भईरहेको पाईयो ।’भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले आफ्नो वडाको घाटमा उक्त बदमासी नभएको बताए ।
भीमदत्त नगरपालिका राजस्व शाखा प्रमुख विक्रम भण्डारीले कार्यालयको छाप बिना पनि राजस्व संकलन गर्न पाईने बताए । ‘कहिलेकाही ठेलीमा छाप लगाउन छुट्छ, ‘उनले भने, ‘तर नियत सहि हुनुप¥यो, कुनै त्रृटि भेटिए सम्बन्धीत कर्मचारीमाथि कार्बाही हुन्छ, कसैले पनि राजस्व हिनामिना गर्न पाईदैन ।’
![Himal dental](https://ebikalpadainik.com/wp-content/uploads/2024/11/himal-dental.png)