महेन्द्रनगर । नेपाल उत्पीडित जातीय मुक्ति समाज दोधारा–चादनी नगर कमिटीको अध्यक्षमा नर बहादुर सुनार चयन भएका छन् । नगर कमिटीको भेलाबाट बिहीबार सुनारको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा उपाध्यक्षमा पुर्णा देबी कसारा , दीपक सुनार , सचिव चाँदनी सुनार, उप सचिव उर्मिला दमाइ , राधा सुनार, कोषाध्यक्ष दिलमाया सुनार र सदस्यमा पृति सुनार, राम सिंह सुनार ,कमला सुनार , लाल सिंह कोली ,कल्पना सुनार , सन्तोष कोली ,लीला सुनार ,देवी सार्की, सरस्वती सार्की, कमल सुनार ,निर्मला सुनार , अर्चना सुनार चयन भएका छन् ।
मुक्ति समाजका पूराना नेता तिल बहादुर सुनारको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजका केन्द्रिय लेखा आयोगका केन्द्रिय अध्यक्ष नर बहादुर बिश्वकर्मा प्रमुख अतिथि थिए ।
एमाले पोलिट्ब्युरो सदस्य निरुदेवी पाल विशिष्ट अतिथि रहेको कार्यक्रममा मुक्ति समाज केन्द्रिय सदस्य तथा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी बिश्वकर्मा , एमाले जिल्ला अध्यक्ष सुरेन्द्र बिष्ट , जिल्ला कमिटी सदस्य गगन खत्री , मुक्ति समाज केन्द्रिय लेखा आयोग सदस्य कुलबहादुर सुनार , केन्द्रिय सल्लाहकार मोहन सुनार , पार्टी नगर कमिटी अध्यक्ष हरि सिंह धनाडि , भुवन विहारी पन्त , सृजना सुनार , नरबहादुर सुनार , ऋृषि थापा , युवा संघ अध्यक्ष किसोर आग्री , बिक्रम सुनार लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।
कार्यक्रममा मुक्ति समाजका केन्द्रीय लेखा आायेग अध्यक्ष विश्वकर्माले नव निर्वाचित कमिटीलाई पद तथा गोपनियताको शपथ खुवाए ।
उनले भने, ‘जबसम्म हामी मुक्ति समाज मार्फत संगठित हुँदै आफ्नो हक अधिकारका लागि अग्रसर हँुदैनौ, तबसम्म जातीय विभेद तथा छुवाछूत बाट मुक्ति असम्भव देखिन्छ र अहिले पनि संविधान,ऐन कानुन बनेपनि चरम विभेद र अपमान भइरहेको छ, कानुनी प्रावधानमा सामाजिक न्यायको ज्ञारेन्टी गरेता पनि कार्यान्वयन एकदै फितलो र लापरबाही छ ।’