ghar sansar

नेल्टा कञ्चनपुरको अध्यक्षमा जोशी

महेन्द्रनगर । नेल्टा कञ्चनपुरको अध्यक्षमा राजेन्द्र प्रसाद जोशी चयन भएका छन् । नेल्टाको सातौ जिल्ला सम्मेलनबाट जोशीको अध्यक्षातमा जिल्ला समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा राजेन्द्र भट्ट, सचिव पृथ्वीराज भट्ट, सह सचिव नवराज पन्त, सदस्यता सचिव चाँदनी पन्त भट्ट र कोषाध्यक्ष बीर बहादुर चन्द चयन भएका छन् । समिति सदस्यमा दिपकराज भट्ट, पूण्य प्रसाद भट्ट र मकर एस्के छन् ।

नेल्टाका निवर्तमान अध्यक्ष गम्भीर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा नेल्टा सुदूरपश्चिम प्रदेश अध्यक्ष रामजी हमाल प्रमुख अतिथि थिए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द, डा. भोजराज पन्त, त्रिभुवन कुमार भट्ट, डा. राज कुमार साउँद, सुरेन्द्रराज ओझा, उत्तम विष्ट, एन प्याब्सनका जिल्ला अध्यक्ष झंकरराज जोशी लगायतका सहभागी भएका छन् । कार्यक्रम लिटिल बुद्ध एकेडेमीको सभा कक्षमा गरिएको छ । 

Himal dental
सम्बन्धित
Loading...