ghar sansar

माइती नेपालको ३१ औं वार्षिकोत्सवमा महेन्द्रनगदेखि गड्डाचौकीसम्म -याली

महेन्द्रनगर । माईती नेपालले मानव बेचविखन नियन्त्रणका लागि अभियानको ३१ औं वार्षिकोत्सव कञ्चनपुरमा पनि भव्यताको साथ मनाएको छ ।

मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रणका लागि काम गर्दै आएको माईती नेपालले शुक्रवार कञ्चनपुरमा बार्षिकोत्सव मनाएको हो । माईती नेपाल कञ्चनपुर शाखाले जनचेतनामुलक ¥यालीको आयोजना गरी माईती नेपाल कार्यालय महेन्द्रनगरदेखि सीमा क्षेत्र गड्डाचौकीसम्म ¥याली निकालिएको छ ।

lotus institite

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले यो बार्षिकोत्सव हामीले माईती दिवसको रुपमा मनाएको र ३१ वर्ष सम्म माईती नेपालले चेृलीबेटीहरु बेचिनबाट रोक्नको लागि रातदिन कार्य गरिरहदा पनि स्वरुप परिवर्तन गरी चेलीहरु अहिले पनि सुरक्षित नभएको भन्दै संस्थाले अझै मानव बेचविखन र ओसारपसार विरुद्ध सशक्त रुपमा लाग्नुपर्ने बताइन् ।

माईती नेपाल जस्तै मानव बेचविखन तथता ओसार विरुद्ध कार्य गर्ने संघ सस्थाहरुको अथक प्रयास गर्दा समेत सिमा वाट हुने मानव तस्करी भने अझै निर्मुलीकरण भएको अवस्था देखिदैन ।

जती सक्दो न्युनिकरण गर्नका लागि काम गर्दा पनि अहिले श्रम शोषण गर्नका लागि अहिले पनि चेलीबेटीहरु बेचबिखनमा परिरहेको बताउदै संयोजक भट्टले आफनो काममा साथ र सहयोग गर्ने बिभिन्न संघसंस्था, सुरक्षा निकाय स्थानिय निकाय बिधार्थीहरुलाई धन्यवाद व्यक्त गरिन् ।

daimond public

२०४९ सालदेखी सुरुवात गरेको माईती नेपालले अन्र्तराष्टिय स्तरमा नाम कमाउन सफल भएको यो संस्थाले अहिले दुखमा जोखिममा परेका चलीबेटी, बालबालिका बेचबिखनमा परेकाहरुको उद्धार गरिरहेको छ ।

माईती नेपाल कञ्चनपुरको को तथ्थ्याङ्क हेर्दा कञ्चनपुरमा कार्यालय स्थापना भएको २१ वर्षमा उच्च जोखीममा परेका मात्रै २ सय १८ जनालाई उद्धार गरेको छ । जस मध्ये अधिकांस महिला भारतका कोठिहरुमा बेचिएको अवस्थामा भेटिएका थिए ।

हामी महिला बालबालिका चेलीबेटीहरु बेचबिखनमा नपर्नका लागि जनचेतनाको र महिला शिक्षा आवस्यक रहेका मानव बेच विखनलाई रोक्न एउटै माईती नेपालको पहलले मात्रै सम्भव नभएकाले सबै तह र तप्काका निकायहरुको समन्वय साथ र सहयोगको पनि खाँचो रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

हालसम्म माईती नेपालले देशभरमा ३७ हजार भन्दा बढी चेलीहरुको उद्धार गरेको छ भने, कञ्चनपुरमा स्थापना भएको २१ वर्ष देखी २ हजार भन्दा बढी महिला चेलीबेटी बालबालिकाहरुको उद्धार गरेको छ । साथै भारतका बिभिन्न रेडलाईट एरिया, कोठीहरुमा नारकिय जिवन भोग्दै आएका २ सय १८ वटा महिला बालबालिकालाई उद्धार गरेको छ ।

मानव अधिकार महिला बेचबिखन विरुद्धको जनचेतना मुलक कार्यक्रमहरु बिद्यालय स्तरबाट पनि सञ्चालनमा आउनु पर्ने र चेलीबेटी बेचविखनमा ठुलो भुमिका निर्वाह गरेको र गाँउगाँउमा पनि जनचेतना फैलाउनु पर्ने अर्का सहभागी ले बताएक ।

पछिल्ला समयमा कञ्चनपुरको खुला सिमानाका भएकाले विभिन्न वहाना र प्रलोभनमा पारी दलालहरुले सहजै भारत तथा तेस्रो मुलुकमा मानव तस्करी गर्ने घटना बढ्रदै गईरहेका छन । मानव बेचबिखन तथा ओसार पसारलाई न्युनीकरणमा माईती नेपाल जस्तै अन्य सरोकारवाला निकायले समेत पहलकदमी चाल्नु जरुरी छ ।

Himal dental
सम्बन्धित
Loading...