ghar sansar

डायलोसिसका लागि धनगढी जानु पर्ने बाध्यता हट्यो, महाकाली अस्पतालमै सेवा सुरु

khasi

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा शुक्रबारदेखि डाईलासिस सेवा सुरु भएको छ । अस्पताल स्थापनको लामो समयपछि मृगौलाका बिरामीका लागि डायलोसिस सेवा सञ्चालन गरिएको छ । यस अघि सुदूरपश्चिममा धनगढीको सेती प्रादेशिक अस्पतालमा मात्रै यो सेवा सञ्चालन थियो ।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले अस्पतालमा डायलोसिसको परीक्षण सेवा शुरु गरिएको बताए । ‘अहिले ट्यालकै रुपमा सेवा शुरु भएको छ, पाँच मेसिन छन, ‘उनले भने, ‘मेसिन अनुरुप बेड राखेर सेवा संचालन गरिरहेका छौँ’ उनले भने ।

western public academy
dirhayu

भीमदत्त नगरपालिका –१० तिलकेनीका नन्दराज जोशीको उपचार भईरहेको छ । तीन वर्षदेखि विरामी उनी यस अघि धनगढीमा उपचार गराउँदै आएका थिए । ‘पहिलो धनगढी सेती अस्पतलमा उपचार गर्न जान्थे, ‘उनले भने, ‘आजदेखि मैले यही सेवा पाएको छुँ, खुसी लाग्यो ।’

डाईलासिस सेवा शुरुवात गरेकै दिन स्वास्थ्य मन्त्रालयका बरिष्ठ नेफ्रोलोजिष्ठ डा. जुजुराज श्रेष्ठ, स्वास्थ्य सेवा विभाग नर्सिङ्ग महाशाखाका डा. खगेश्वर गेलाल सहितले सेवाको निरीक्षण गरेका छन ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डाईलासिस सेवा विस्तार गरिने बताए । अध्यक्ष भट्टका अनुसार हाललाई ५बाट बृद्धि गरेर १० बेड बनाउने लक्ष्य रहेको छ ।

‘अहिले दिउँसो मात्रै २ सिप्टमा चलाउने योजना छ, ‘उनले भने, ‘विस्तारै डे नाईट चलाउँछौँ ।’ डाईलासिस कक्षमा नर्सिङ्ग अधिकृत राजेश्वरी समाल (बडाल)ले जिम्मेबारी पाएका छन । महाकाली अस्पतालमा डाईसिस सेवा संचालन भएसंगै स्थानीय समेत हर्षित भएका छन ।

Himal dental
सम्बन्धित
Loading...