ghar sansar

बेदकोटमा आइपीएम सहजकर्ता तालिम समापन

महेन्द्रनगर । बेदकोट नगरपालिकाको सुन्दरपुरमा तरकारी बालीमा बाली अवधिभर आई.पि.एम सहजकर्ता तालिम समापन भएको छ ।

daimond public

कृषि ब्यवसाय प्रवद्र्धन सहयोग तथा कृषि तालिम केन्द्र सुन्दरपुरका प्रमुख गोकुल बोहराको अध्यक्षतामा गरिएको समापन कार्यक्रममा जिल्ला समुन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा प्रमुख र बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा विशिष्ठ अतिथि थिए ।

lotus institite

कार्यक्रममा कृषि मन्त्रालयका सचिव, टिकापुर कृषि क्याम्पसका डिन, वेदकोट नगरपालिका वडा नं. ५,७,९ का वडा अध्यक्ष सहभागी भएका छन् । आई.पि.एममा तालिम केन्द्रका निवर्तमान प्रमुख बीर बहादुर चन्द र राम कृष्ण सुबेदीले तालिम सहजीकरण गरेका छन् ।

गत पुसदेखि सञ्चालन गरिएको तालिममा कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाका किसान सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...