ghar sansar

भुजेलामा वडा कार्यालय र सृजनशिल सहकारीको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर, ४ सय ५० वासिन्दा लाभावान्तित

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ भुजेलामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । सृजनशिल बचत तथा ऋण सहकारी सस्था लि. सेवा केन्द्र महेन्द्रनगर र भीमदत्त नगरपालिका वडा नं. ११ को संयुक्त आयोजना शिविर गरिएको छ ।

शिविरमा स्थानीय ४ सय ५० वासिन्दाको आँखा जाँच गरिएको छ । आँखा जाँच गरिएकामध्ये १ सय २ जनालाई शिविरमा चश्मा वितरण र ५८ जनालाई आँखाको उपचारका लागि रिफर गरिएको सहकारीका वरिष्ठ अधिकृत महादेब नाथले जानकारी दिए ।

mahostaw

भीमदत्त नगरपालिकाका नगर उप प्रमुख निलम लेखक जोशीले शिविर उद्घाटन गरेकी थिइन् । सहकारीले सामाजिक उत्तरदायित्व अन्र्तगत वडा कार्यालयको साझेदारीमा शिविर आयोजना गरेको सहकारीका वरिष्ठ अधिकृत महादेब नाथले बताए । कार्यक्रममा भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापा लगायतका सहभागी भएका छन् । 

Himal dental
सम्बन्धित
Loading...