ghar sansar

साउँद सेवा समिति कञ्चनपुरको दोस्रो अधिवेशन सम्पन्न, ललित सिह साउँद अध्यक्षमा चयन

khasi

महेन्द्रनगर । साउद सेवा समिति कञ्चनपुर जिल्लाको दोस्रो अधिवेशन तथा भेला सम्पन्न भएको छ । कञ्चनपर उद्योग वाणिज्य संघको सभा कक्षमा गरिएको अधिवेशनबाट नयाँ समिति चयन गरिएको छ ।

साउद सेवा समितिका जिल्ला अध्यक्ष चेत सिंह साउदको अध्यक्षता तथा पूर्व आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउदको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ ।

Anant bahu travels

कार्यक्रममा साउद सेवा समितिका केन्द्रीय अध्यक्ष लोक बहादुर साउद, केन्द्रिय साउद सेवा समितिका महासचिव बिरेन्द्र सिह साउद, वरिष्ठ उपाध्यक्ष उदय प्रकाश साउद, महिला उपाध्यक्ष डा. पदमा भण्डारी साउद , केन्द्रीय उपाध्यक्ष कर्णजीत साउद, केन्द्रीय सल्लाहकार खडक साउद , कृष्णपुर नपा वार्ड नं २ का अध्यक्ष अर्जुन सिंह साउद, शुक्लाफाँटा नपा वार्ड नं ११ का अध्यक्ष शेर सिंह साउद लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा साउद समाजका केन्द्रीय महासचिव बिरेन्द्र सिह साउदले प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन पेश गरेका हुन् । कार्यक्रममा साउद सेवा समितिका महासचिव साउदले दैबी प्रकोप जस्ता संकटबाट ग्रस्त घरपरिवारलाई साउद सेवा समाजले सहयोग गर्दे आइरहेकोको समेत बताए ।

dirghayi clinic

कार्यक्रममा साउद समाज कञ्चनपुरले मदन पुरस्कार बिजेता नर बहादुर साउदलाई सम्मान तथा धामी झाक्रीको कुटाईबाट मृत्युबरण गरेकी रन्चुला साउदको परिवारलाई रु १० हजार ५ सय सहयोग हस्तानतरण समेत गरेको छ ।

कार्यक्रममा साउद सेवा समाजका केन्द्रीय महासचिव बिरेन्द्र सिह साउदले मृतक रन्जुलाका जेठी छोरी सरीता साउदलाई उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्ने घोषणा समेत गरेका छन ।

साउद समाज कञ्चनपुरका जिल्ला सचिव मोहन सिहँ साउदले सञ्चालन गरेको उक्त कार्यक्रममा ७७ जनालाई आजिवन सदस्याता प्रमाण पत्र समेत प्रदान गरिएको साउद समाजका केन्द्रीय महासचिव बिरेन्द्र सिह साउदले जानकारी दिए।

त्यसैगरी अधिवेशनबाट अध्यक्षमा महेन्द्र मावि (साधारण स्कुल) का प्राध्यापक ललित साउद, उपाध्यक्षमा मोहन सिंह साउद , महिला उपाध्यक्षमा इन्द्रा साउद , सचिवमा जगत सिंह साउद , सह सचिवमा राम बहादुर साउद , अर्थ सचिवमा लक्ष्मी मल्ल साउद , सह अर्थ सचिवमा गोपाल सिंह साउद र सदस्यहरुमा सन्तोषी साउद , दुर्गा विष्ट साउद , कमला देउवा साउद , भगवान सिंह साउद , देव सिंह साउद , गणेश सिंह साउद ,नरेश सिंह साउद ,राजेन्द्र सिंह साउद ,वीरेन्द्र सिंह साउद , खगेन्द्र सिंह साउद गरी १७ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...