ghar sansar

एमाले सचिवको घरमा प्रधानमन्त्री प्रचण्ड

khasi

महेन्द्रनगर । प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) एमाले सचिव लेखराज भट्ट(राकेश)को निवासमा पुगेका छन । आइतबार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा लागि प्रधानमन्त्री प्रचण्ड कञ्चनपुर आउने क्रममा कैलालीको अत्तरियास्थित लेखराज भट्टको घरमा पुगेका हुन् ।

dirghayi clinic

धनगढी एयरपोटबाट प्रधानमन्त्री लेखराज भट्टको निवासमा पुग्दा पूर्व मन्त्री समेत रहेका लेखराज भट्ट, उनका भाई गोकर्ण भट्ट, धर्मपन्ती सहितले स्वागत गरेका थिए ।

Anant bahu travels

जनयुद्धकालमा सुदूरपश्चिमकै कमाण्डर भएर काम गरेका लेखराज नेकपा एमाले र माओवादी एकीकरण हुँदा एमालेतिर लागेका थिए । त्यसयता प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र लेखराजबीच भेट भएको थिए ।

माओवादी छाडेका भट्ट अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन् । तत्कालिन नेकपामा भट्ट आफूलाई छाडेर ओलीलाई साथ दिएपछि उनले सार्वजनिक मञ्चबाट महा दलालको आरोप लगाएका थिए ।

Himal dental
सम्बन्धित
Loading...