ghar sansar

विश्वविद्यालयको शिक्षा सिर्जनात्मक र युग सुहाउँदो हुुनु पर्छ – प्रधानमन्त्री दाहाल

little buddha academy
khasi

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शिक्षा सिर्जनात्मक र युग सुहाउँदो हुनु पर्ने बताएका छन् ।

dirghayi clinic

विश्वविद्यालको तेस्रो दीक्षान्त समारोहमा उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्ने बताएका हुन् ।

,orning glory badhai

उनले नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई पक्रिँदै नेपाललाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नु पर्ने उल्लेख गर्दै यसका लागि विश्वविद्यालयको शिक्षा समेत सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनु पर्नेमा जोड दिए ।

‘विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरूरी छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...