कञ्चनपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष मल्ल उद्योग वाणिज्य महासंघमा निर्विरोध केन्द्रीय सदस्य

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्ल नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् । सुदुरपश्चिम प्रदेशबाट उनी महासंघ केन्द्रीय सदस्यमा निर्विरोध भएका छन् ।

महासंघको नयाँ कार्य समिति चयनका लागि सोमबार मल्लले सुदूरपश्चिमबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । सुदूरपशिचमबाट मल्लको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।

janjyoti campus

कञ्चनपुर उद्योग बाणिज्य संघमा कार्य समिति सदस्यबाट आएका मल्ल पदाधिकारी हुँदै अघिल्लो कार्यकालमा अध्यक्ष निर्वाचित भएका हुन् । अहिले उनी महासंघ केन्द्रीय सदस्य भएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...