ghar sansar

नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुलले मनायो २४ औं वार्षिकोत्सव

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ तिलाचौरस्थित नागार्जुन इङ्गलिश बोर्डिङ्ग स्कुलले २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री प्रदेश सभा सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले विविधि साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । विद्यालयले पठनपाठन, खेलकूल सहित अतिरिक्ति क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।

,orning glory badhai

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण दत्त जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द, एन प्याब्सन कञ्चनपुर अध्यक्ष झंकरराज जोशी, ज्येष्ठ नागरिक समाज कञ्चनपुरका उपाध्यक्ष पूर्व प्रधानाध्यापक गोविन्द सिह विष्ट, वडा सदस्य देब सिह विष्ट, खडक बहादुर सिह लगायतका विशिष्ठ अतिथि थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य रावलले शैक्षिक क्षेत्रको विकासले मात्रै राष्ट्रले विकासको गति लिन सक्ने उल्लेख गर्दै निजी विद्यालयले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुगाएको बताए ।

विद्यालयका प्रिन्सिपल भवानी सिह विष्टले कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरे । उनले २४ वर्ष अघि १६ जना विद्यार्थीबाट विद्यालय सञ्चालन गरी हाल कक्षा १० सम्म पठनपाठन हुँदै आएको बताए । विद्यालयमा हाल ५ सय १० जना विद्यार्थी अध्ययनरत छन् ।

dirghayi clinic

‘२४ वर्ष अघि १६ जना विद्यार्थीबाट विद्यालय सञ्चालन गरेका थियौ, त्यति बेला चैतमा सञ्चालन अनुमति लिनु पथ्र्यो, असारदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो, त्यति बेला नर्सरी कक्षा सञ्चालन ग¥यौ’ उनले भने,‘त्यसपछि कक्षा थप गर्दै अहिले कक्षा १० सम्म पठनपाठन गरि रहेका छौ, अहिले ५१० जना विद्यार्थी छन्, तपाई सबै अभिभावक, शुभेच्छुक सहित सबैको साथ सहयोगले यहाँसम्म पुगेका छौ ।’

कार्यक्रममा विद्यालयले केही दिन अघि सम्पन्न जिल्ला स्तरीय यु १६ छनौट प्रतियोगितामा विजेता टीमका सबै खेलाडीलाई सम्मान गरिएको छ । रोयल बम नेतृत्वको टोलीले उपाधी जितको थियो । विजेता टीमका सबै खेलाडीलाई प्रिन्सिपल विष्टले खादा लगाएर प्रशंसा पत्र प्रदान गरे । उनीहरुमध्ये कप्तान बम सहित चार खेलाडी क्षेत्रीय प्रतियोगिताका लागि छनौट भएका छन् ।

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिातबाट क्षेत्रीय प्रतियोगिताका लागि छनौट भएका नविन रावल (कबड्डी) र पुन कार्की(कराँते) लाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

विद्यालयले सरकारी छात्रबृत्तिका लागि छनौट भएका पूर्व विद्यार्थीलाई पनि सम्मान गरेको छ । उनीहरुमा मनिषा भट्ट, राहुल चन्द र भुवन कार्की छन् ।

विद्यालयका भाइस प्रिन्सिपल त्रिलोक सिह विष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन एचओडी गणेश जोशीले गरेका थिए ।

कार्यक्रममा प्याब्सन कञ्चनपुरका कोषाध्यक्ष केशवराज जोशी, एन प्याब्सन भीमदत्त नगर अध्यक्ष दिपक बहादुर चन्द लगायतका विभिन्न क्षेत्रका प्रतिनिधि, अभिभावक, शिक्षक, कर्मचारी लगायत सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...