ghar sansar

वेदकोटमा उप मेयर नवजात शिशु स्वागत कार्यक्रम : सुत्केरी महिलालाई पौष्टिक खानेकुरा वितरण

khasi

महेन्द्रनगर । वेदकोट नगरपालिकाले सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको छ । पालिकाले बिहिवार उप मेयर नवजात शिशु स्वागत कार्यक्रम अन्र्तगत सुत्केरी महिलाहरुलाई पोषण खानेकुराहरु वितरण गरिएको हो ।

उप मेयर नवजात शिशु स्वागत कार्यक्रम अन्र्तगत अण्डा, घ्यु, दाल, चामल, काजु किसमिस, छुहारा, नरिवल, बदाम ज्वानो लगायतका पोषण खानेकुराहरु वितरण गरिएको कार्यक्रमका अध्यक्षता ग्रहण गर्नु भएका एवम उपप्रमुख तुलसी जोशीले बताइन् ।

Anant bahu travels

dirghayi clinic

नवजात शिशुहरुलाई आवस्यक पर्ने लुगाकपडा, तेल तौलिया, डाईपर लगायतका साग्रीहरु राख्न मिल्ने झोलासहित वितरण गरिएको उनको भनाई छ । नगरपालिकामा रहेका सुत्केरी भएका दिनदेखि ४५ दिनका ५० जना सुत्केरी महिला तथा नवजात शिशुहरुलाई उक्त सामग्रीहरु वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख भोजराज बोहराले सुत्केरी भएको अवस्थामा महिलाहरुलाई साविकको बढी पोषणयुक्त खानेकुराहरु खानु पर्ने भएकाले उनिहरुको स्वास्थ्यमा सकारात्मक परिवर्तनका साथै स्वस्थ्य जिवन जिउनका लागि सहज होस भनेर पालिकाले उपमेयर नवजात शिशु स्वागत कार्यक्रम ल्याएको सामग्रीले महिलाहरुलाई स्वस्थ्य राख्न मद्धत पुग्ने बताए ।

उनले यति मात्रै सामग्री नभएर आफनो घरमा रहेका हरियो सागपात, मेवा फलफुलहरु पनि प्रयोगमा ल्याएर खाने गर्नाले स्वस्थ्य शरिर हुने बताए । नगर उप प्रमुख जोशीले महिलाहरुलाई पोषणका साथै आराम र स्वच्छ खानाखाने गर्नाले महिलाको साथै नवजात शिशुको पनि वृद्धि र विकास राम्रो हुने र आमा पनि स्वस्थ्य रहने बताइन् ।

 

Himal dental
सम्बन्धित
Loading...