ghar sansar

महाकाली नदीको रोयल्टी छली विरुद्ध आन्दोलनमा जाने एमाले भीमदत्त नगर कमिटीको चेतावनी

khasi

महेन्द्रनगर । नेकपा एमालेको भीमदत्त नगर कमिटीले महाकाली नदीको रोयल्टी संकलन अनियमिता विरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिका वडा नं. ११ का चार राजनीतिक दलले एमाले नगर कमिटीलाई राजश्व अनियमिता निययन्त्रणका लागि पहल गर्न माग गर्दै मागपत्र बुझाएपछि नगर कमिटीले प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित निकायले चासो नदेखाए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको हो ।

एमाले भीमदत्त नगर कमिटीका अध्यक्ष हिमाल चन्दले प्रेस विज्ञप्ति जारी गरी रोयल्टी रकम संकलनमा भई रहेको व्यापक अनियमिता नियन्त्रणका लागि वडाका राजनीतिक दलले अघि सारेको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सम्बन्धित निकायले माग सुनुवाईका लागि चासो नदेखाए आन्दोलनमा जाने बाध्य हुने चेतावनी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...