ghar sansar

सामुदायिक विद्यालयले अंग्रेजी माध्यमको बहानामा विद्यार्थीबाट शुल्क अशुली गरिएको भन्दै प्याब्सन एन प्याब्सनको विरोध, सिडिओलाई ज्ञापन बुझाउने

little buddha academy
khasi

महेन्द्रनगर । सामुदायिक विद्यालययले अंग्रेजी माध्यममा पठनपाठन गराउने बहानामा विद्यार्थीबाट शुल्क अशुली गरेको भन्दै निजी विद्यालयका संगठन प्याब्सन एन प्याब्सन प्रशासन कार्यालयसम्म जाने भएका छन् । ती दुबै संगठनको बिहीबार बसेको संयुक्त बैठकले प्रमुख जिल्ला अधिकारीलाई सामुदायिक विद्यालयको शुल्क अशुली रोक्न ज्ञापन बुझाउने निर्णय गरिएको हो ।

प्याब्सन कञ्चनपुरका उपाध्यक्ष महादेब भट्टले सरकारले सामुदायिक शिक्षालाई निःशुल्क गरेकाले अंग्रेजी माध्यमको बहाना बनाएर विद्यार्थीबाट शुल्क अशुली हुन गैर कानुनी भएकाले त्यसलाई रोक्न प्रमुख जिल्ला अधिकारीलाई माग पत्र बुझाइने बताए ।

,orning glory badhai
dirghayi clinic

‘सरकारले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरेको छ, अहिले अंग्रेजी माध्यमको बहाना बनाएर विद्यार्थीबाट गैर कानुनी शुल्क लिने गरिएको विषयमा रोकिनु पर्छ, माध्यम जुनसुकै भए पनि विद्यालयले शुल्क लिन पाउँदैन’ उनले भने,‘प्याब्सन एन प्याब्सनको बैठकबाट यसबारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउने निर्णय भएको छ ।’

सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनु राम्रो भए पनि शुल्क अशुली गम्भीर आर्थिक अपराध भएको बताए ।

बैठक अघि प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दले तिलाचौरमा नागार्जुन बोर्डिङ्ग स्कुलको वार्षिकोत्सव समारोहमा सामुदायिक शुल्क अशुलीको विरोध गरेका थिए ।

उनले सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाउने बहानामा विद्यार्थीबाट मासिक ६ हजारसम्म शुल्क लिने गरेको रसिद समेत भेटिएको बताएका थिए ।

Himal dental
सम्बन्धित
Loading...