ghar sansar

एनपी साउद परराष्ट्र मन्त्री

महेन्द्रनगर । परराष्ट्रमन्त्री एनपी साउदले पद तथा गोपनियताको शपथ लिएका छन् । आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साउदलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उनी नेपाली कांग्रेसको तर्फबाट मन्त्री बनेका हुन् । साथै नन्दा चपाईंले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिएकी छन्। उनी नेकपा एकीकृत समाजवादीबाट राज्यमन्त्री बनेकी हुन् ।

mantra hos123

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योसँगै आठौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि उनले चैत १७ गते मन्त्रिमण्डल विस्तार गरेका थिए । अझै पाँच मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डको काँधमा छ ।

Himal dental
सम्बन्धित
Loading...