महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दशरथ भण्डारी र प्रधानाध्यापक प्रमानन्द नाथले आफ्ना सन्तानलाई विद्यालयमा भर्ना गरेका छन् । विद्यालयले नयाँ शैक्षिक सत्रको भर्ना सुरु गरेपछि उनीहरु दुबैले आफना सन्तानलाई भर्ना गराएका छन् ।
व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले छोरी प्रियासीलाई कक्षा नर्सरी र प्रधानाध्यापक नाथले छोरा रोशनलाई कक्षा ८ मा भर्ना गराएका छन् । भीमदत्त नगरपालिकाले अघिल्लो वर्ष शिक्षक दरबन्दी समायोजन गरेपछि नाथ प्रधानाध्यापक छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले जनप्रतिनिधिले पनि आफना सन्तान भर्ना गरेको बताए । भीमदत्त नगरपालिका १९का वडा सदस्य भागरथी कुँवरले छोरा हिमान्सलाई कक्षा ७ मा भर्ना गरेकी छन् । शिक्षक अभिभावक संघकी सदस्य बिस्मती चौधरीले छोरा सुमित पनि कक्षा ६ मा भर्ना भएका छन् ।
यसैगरी विद्यालयका शिक्षक टेक राज भट्टकी छोरी समृद्धि कक्षा ९, निमावि शिक्षिका ज्योति बोहराका छोरा त्रय मिलन कक्षा ९ , पीयूष कक्षा ६ र भुवन कक्षा ४, विद्यालयका सूचना अधिकारी शिक्षक बिरेन्द्र चौधरीकी छोरी साक्षी कक्षा ६ र काब्या कक्षा एलकेजी(बालविकास)मा भर्ना भएका छन् ।
प्रावि शिक्षक कृष्ण दत्त जोशीले छोरा पवन जोशीलाई कक्षा १० , आधारभूत शिक्षिका सन्ध्या पाण्डेले छोरी पुष्पान्जाली जोशीलाई कक्षा ३ ,योगिता जोशीलाई नर्सरी, बालविकासकी शिक्षिका भागरथी पन्तले छोरी दिपिका पन्तलाई कक्षा ९, छोरा देवान्स पन्त कक्षा १मा भर्ना गरेका छन ।
यस्तै शिक्षिका बसन्ती नाथको छोरा दिक्षित नाथ कक्षा१ मा भर्ना गरेका छन । लक्ष्मी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक प्रमानन्द नाथले आफुहरु शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधी सहितले निजीबाट आफ्ना सन्तान छुटाएर सामुदायिक विद्यालयमै भर्ना गराईरहेको बताए । अभिभावकलाई एक कार्यक्रमका विच विद्यालयले सम्मान समेत गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले सामुदायिक विद्यालय बनाउने जिम्मेबारी हामी अभिभावक समितिको समेत भएकाले व्यवहारिक रुपमै कार्यान्वयन गर्नका लागि छोरीलाई समुदायिक विद्यालयमै भर्ना गराएको बताए ।
अध्यक्ष भण्डारीले सामुदायिक विद्यालयको नेतृत्व गर्ने अध्यक्ष, प्रअ सहितका जिम्मेबार पक्षबाट व्यवहारिक रुपमै कार्यान्वयन गरिएको बताए । ११ बैशाखमा नयाँ विद्यार्थीको प्रवेश परीक्षा लिईनेछ । २०३९ सालमा स्थापना भएको विद्यालयमा अंग्रेजी तथा नेपाली माध्यमबाट पठनपाठन गर्न थालेको छ ।