ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र बेदकोटका मेयर बोहराबीच भेटघाट, नगर गौरबका योजनामा सहयोग गर्न बोहराको आग्रह

dirghayu ad

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई नगरका गौरबका योजनामा सहयोग गर्न आग्रह गरेका छन् ।

कैलालीको धनगढीस्थित मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री शाहसित भेटघाट गरी मेयर बोहराले नगर गौरबका आधा योजना पेश गरी सहयोगका लागि आग्रह गरेका छन् । उनले मुख्यमन्त्री शाहलाई नगर गौरबको योजना सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट सहयोग पाउनेमा नगरपालिका आशावादी भएको बताए ।

ratnam malkhad

मेयर बोहराले दैजी छेला सडक, सुडा–मुसेपानी गैरीखान सडक, नगर अस्पताल, खानेपानी आयोजना र चिस्यान गृह निर्माणमा प्रदेश सरकारको सहयोग साथ खोजेका छन् ।

मुख्यमन्त्री शाहलाई उनले नगरपालिकाको बजेटबाट मात्रै नगर गौरबको योजना सम्पन्न गर्न असहज भएको जानकारी गराउँदै प्रदेश सरकारले विशेष प्राथमिकता दिनु पर्ने बताए । उनले बेदकोट नगरपालिकामा सञ्चालित विभिन्न योजनाबारे पनि मुख्यमन्त्री शाहलाई जानकारी गराएका छन् ।

Himal dental
सम्बन्धित
Loading...