ghar sansar

कृष्णपुरका सबै माध्यमिक विद्यालयमा प्ले स्टेसन

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका सबै १३ माध्यामिक विद्यालयमा बाल उद्यान (प्ले स्टेसन) जडान गरिने भएका छन् । प्ले ग्रुफका बालबालिकालाई मध्यनजर गर्दै यसै शैक्षिकसत्रबाट बाल उद्यान जडान हुने नगर प्रमुख हेमराज ओझाले बताए ।

पछिल्लो समय सार्वजनिक विद्यालयलाई अभिभावकले हेर्ने दृष्टिकोण फरक बनाएको भन्दै सार्वजनिक विद्यालयप्रति आकर्षण बढाउन नयाँ अभ्यासको थालनी गर्न लागिएको नगरप्रमुख ओझा बताउँछन् ।

,orning glory badhai
dirghayi clinic

उनी भन्छन् सरकारी विद्यालयमा सरकारले पर्याप्त लगानी लगाएको छ,बर्सेनि करोडौं बजेट थप खर्च हुन्छ तरपनि किन नतिजा सन्तोषजनक आउँदैन त्यही अवस्था हेरेर जग नै बलियो बनाउने गरि विभिन्न योजनासहित नगरपालिका लागि परेको छ ।

यसै शैक्षिक सत्रबाट लागू हुने गरि नगरपालिकाले प्ले ग्रुपदेखि कक्षा तीनसम्मका बालबालिकाको सृजनात्मक क्षमता अभिवृद्धि गर्न आफ्नै चित्रात्मक रंगीन पाठ्यपुस्तक समेत तयार गरिएको नगरप्रमुख हेमराज ओझाले बताए ।

संस्थागत विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्ने तर किन सार्वजनिक विद्यालयमा विद्यार्थी पढ्न नमान्ने अभिभावक भर्ना गर्न नमान्ने त्यो चिर्न पनि आफू लागि परेको बताए ।

नगर प्रमुख ओझाका अनुसार यसपटक नगरका १३ माध्यामिक विद्यालय र अर्कोपटक आधारभूत तहमा नगरपालिकाले तयार गरेको अभ्यास पुस्तिका प्रयोगमा ल्याइनेछ ।

Himal dental
सम्बन्धित
Loading...