
महेन्द्रनगर । व्यक्तिगत घटना दर्ता सप्ताह अभियान बुधबार विहान प्रभात फेरि कार्यक्रम गरिएको छ । भीमदत्त नगरपालिका १८ ले व्यक्तिगत घटना दर्ता अभियान सम्बन्धि जानकारी गराउन प्रभातफेरि गरेको छ ।

वडा कार्यालयबाट सुरु भएर प्रभातफेरि महाकाली प्रादेशिक अस्पतालमा समापन गरिएको छ । प्रभातफेरिमा वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा सहित जनप्रतिनिधि, वडा सचिव दिनेशराज भट्ट लगायतका सहभागी भएका छन् ।
अस्पतालमा गरिएको समापनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट, मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्ट लगायतका सहभागी भएका छन् ।
