महिलाहरुका लागि सञ्चालन गरिएको पाँच दिने कानुनी सचेतना तालिम समापन

महेन्द्रनगर । महिलाहरुका लागि सञ्चालन गरिएको पाँच दिने कानुनी सचेतना तालिम शुक्रबार सकिएको छ । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग र भीमदत्त नगरपालिकाको समन्वयमा तालिम आयोजना गरेको थियो ।

तालिममा भीमदत्त नगरपालिका सबै वडामा ४० जना महिला सहभागी भएका छन् । अधिवक्ता उद्धव भट्ट, कुन्ती लेखक लगायतले तालिम सहजीकरण गरे ।

janjyoti campus

द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रका अध्यक्ष सीता बोहराको अध्यक्षतामा तालिम समापन कार्यक्रम गरिएको छ । समापनमा अध्यक्ष बोहराले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गर्दै कानुनी सचेतनाले महिलालाई आफ्ना हक अधिकार प्राप्तिका लागि सहयोगी हुने बताइन् ।

भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले तालिम उद्घाटन गरेकी थिइन् ।

ghar sansar
सम्बन्धित
Loading...