ghar sansar

सवारीमा प्रेस लेख्न नपाउने पत्रकार महासंघको निर्णय, सहयोगका लागि प्रहरीलाई पत्राचार

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले सवारी साधनमा ‘प्रेस’ लेख्न नपाउने निर्णय गरेको छ । बेदकोट नगरपालिकाको भम्कामा शुक्रबार बसेको महासंघको मासिक बैठकले सवारी साधनमा लेखिएको प्रेस हटाउने र लेख्न नपाउने निर्णय गरेको हो ।

dirghayi clinic

‘जो कोहीले सवारी साधनमा प्रेस लेखेर दुरुपयोग भइरहेको छ, यसलाई रोक्न प्रेस लेख्न नपाउने र हटाउने निर्णय गरेका छौँ,’ पत्रकार महासंघ कञ्चनपुर शाखाका उपाध्यक्ष भवानी भट्टले भने, ‘प्रेस लेखेको हटाउने तथा लेख्नै परे सम्बन्धित मिडियाको नाम लेख्नु पर्नेछ ।’

,orning glory badhai

महासंघले सवारी साधनमा लेखिएको प्रेस हटाउन सबैलाई आग्रह पनि गरेको छ । सहजीकरणका लागि पत्र लेखेरै प्रहरीलाई अनुरोध गरिएको छ । सचिव राजेन्द्र अवस्थीले कञ्चनपुर प्रहरी प्रमुखलाई पत्र लेखेर महासंघका निर्णयका बारेमा जानकारी गराएका छन् ।

पत्रकार महासंघको सदस्यता लिएका तर पेशामा क्रियाशिल नभएर अन्य पेशा व्यवसाय अंगालेका अधिकांशले सवारी साधनमा प्रेस लेखेर जथाभावी दुरुपयोग गरेको पाइएपछि महासंघले यस्तो निर्णय गरेको जनाएको छ । यस्तै शुक्रबार बसेको बैठकले महासंघको सदस्यता शुद्धिकरण गर्ने र नयाँ सदस्यताका लागि छानविन गर्ने निर्णय पनि गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...