ghar sansar

बडैपुरको सिद्धनाथ माविमा बृहत सरसफाई कार्यक्रम

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ बडैपुरस्थित सिद्दद्धाथ माध्यमिक विद्यालयमा बृहत सरसफाई कार्यक्रम गरिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएपछि जनप्रतिनिधि, नेपाली सेना सहितको सहभागितामा शनिबार सरसफाई गरिएको छ ।

सिद्धनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टको नेतृत्वमा हामी सबैको चाहना ,सुन्दर ,सफा ,नमूना विद्यालयको कामना भन्ने नाराका साथ विद्यालयमा जनचेतनामुलक सरसफाइ कार्यक्रम गरिएको छ ।

Anant bahu travels

भीमदत्त नगरपालिका १३ का अध्यक्ष राम बहादुर बोहराले विद्यालय व्यवस्थान समितिको नेतृत्व युवाको हातमा भएकाले विद्यालयको शैक्षिक गुणस्तर ,भौतिक पूर्वाधार तथा प्रशासनिक क्षेत्रमा सुधार हुने आशा व्यक्त गरे ।

उनले जनप्रतिनिधिको हैसियतले आफू सधैं विद्यालयको चौतर्फी विकासमा सहयोग गर्न तयार भएको उल्लेख गर्दै सरसफाई कार्यक्रमबाट सबै वडा वासीमा सकारात्मक सन्देश प्रवाह भएको बताए ।

dirghayi clinic

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्टले सरसफाईसंगै आगामी दिनमा विद्यार्थीहरुका लागि विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप तथा जनचेतनामुलक कार्यक्रम सञ्ज्ञचालन गरिने बताए ।

भीमदत्त नगरपालिकाले सरसफाई कार्यक्रमका लागि विद्यालयलाई डष्टबिन,झाडु,मास्क,ग्लोब्स लगायतका सामाग्री उपलब्ध गराएको छ ।

सरसफाई कार्यक्रममा भीनपा १३ का वडा अध्यक्ष राम बहादुर बोहरा सहित वडा सदस्यहरु, श्री रुद्रध्वज गण मझगाउँ,झोलुङ्गे प्रहरी चौकी,चन्द्र सूर्य युवा समाज, सगरमाथा युवा क्लब, टोल विकास संस्था, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, महिला स्वास्थ्य स्वयम् सेविका, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक जय बहादुर बिष्ट, शिक्षक, कर्मचारी, पूर्व स्रोत व्यक्ति उद्धव सिह ठगुन्ना,पूर्व विद्यार्थी सब इन्सपेक्टर रामकृष्ण जोशी,उप प्राध्यापक धन बहादुर साउद,शिक्षक लोक राज पन्त लगायत स्थानीय सहभागी भएका छन् । सिद्धनाथ मावि २०२६ सालमा स्थापना गरिएको हो ।

 

Himal dental
सम्बन्धित
Loading...