ghar sansar

पुनर्वासमा रक्तदान शिविर तथा बृहत सत्सङ्ग कार्यक्रम

khasi

महेन्द्रनगर । रगत नालीमा होइन, नाडिमा बहाऔ भन्ने नाराका साथ मानव एकता दिवसको अवसरमा सन्त निरंकारी मण्डल नेपालले हरेक वर्ष मनाउँदै आएको रक्तदान तथा वृहत् सत्सङ्ग कार्यक्रम यस वर्ष सन्त निरंकारी सत्सङ भवन पुनर्वास नगरपालिका आइविआरडीमा सम्पन्न भएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य तारालामा तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । उनले ब्लड ब्याग हस्तान्तरण र आफूले रक्तदान गरी शिविर उद्घाटन गरे ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापा विशिष्ट अतिथि भएको कार्यक्रममा पुनर्वास नगरपालिकाका मेयर तोयनाथ शर्मा, सन्त निरंकारी मण्डल नेपालका सह सचिव नर बहादुर बिश्वकर्मा , पुनर्वासका पूर्व मेयर जीवन राज थापा , पूर्व उप मेमर शारदा बिष्ट, वडा अध्यक्ष, समाजसेवी रामचन्द्र नेपाल, बिष्णु भक्त पौडेल, उद्योग वाणिज्य संघ पुनर्वासका अध्यक्ष, बौद्ध गुम्बाका क्षेत्र बहादुर लामा, ईश्वरीय प्रजापिता ब्रह्मकुमारीका प्रचारिका सिमा खत्री, सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक हरी गिरी, नेपाल रेडक्रसका जीवन चौधरी, स्वास्थ्यकर्मी नरेन्द्र बहादुर चन्द, गोरख रोकाया ,बिष्णु माया घिमिरे पुजा भट्ट लगायतका सहभागी भएका छन् ।

dirghayi clinic

निरंकारी सत्सङ भवन पुनर्वास का मुखि रामप्रसाद गुरुङ को अध्यक्षतामा तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र महेन्द्रनगरको सहयोगमा भएको रक्तदान शिविरमा ३५ जना रक्तदाता सेवादल सदस्य लगायतले रक्तदान गरेका छन् ।
प्रेस प्रतिनिधि एवं पत्रकार धन बहादुर बिकले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथिले मण्डललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

रक्तदान पश्चात् सयौंको संख्यामा बृहत् सत्सङ कार्यक्रम भएको थियो । सत्सङ कार्यक्रम को प्रमुख अतिथि मण्डल का केन्द्रिय सहचिव तथा ज्ञान प्रचारक नर बहादुर बिश्वकर्मा थिए ।

उनले आफ्नो विचारमा मानव एकता दिवसको महत्व तथा मिशनले लिएको आध्यात्मिक जागृति र समाज कल्याणको बाटोको बारेमा चर्चा गरे ।

कार्यक्रममा विचार तथा भक्ति रचना प्रस्तुत गर्नु हुने महात्माहरुमा प्रचारक करन सिंह सुनार, रामप्रसाद गुरुङ, लक्ष्मी बिश्वकर्मा, मान सिंह तिरुवा, पुजा गुरुङ , दिपक पार्की, राजेन्द्र कोली, जमुना देबी, दिल बहादुर लामिछाने लगायतका सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...