महेन्द्रनगर । बेलौरी उद्योग वाणिज्य संघको अध्यक्षमा अध्यक्षमा हिरासिंह बिष्ट बिजयी भएका छन् । विष्ट २ सय ४८ मत ल्याउदै अध्यक्ष पदमा बिजयी भएका हुन। उनले निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण चौधरीलाई १९ मतले पराजित गरेका हुन। चौधरीका संघका पूर्व अध्यक्ष हुन् ।
चौधरीले २ सय २९ मत ल्याएका हुन । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा डम्बर दत्त भट्ट (हिरासिंह बिष्ट प्यानलबाट) बिजयी भएका छन। भट्टले लक्ष्मीनारायण चौधरी प्यानलका जल बहादुर चौधरीलाई पराजित गरे ।
आठ जना सदस्य पदमा हिरासिंह बिष्ट प्यानलबाट देव बहादुर शाही, भवेश्वर पाण्डेय, यम बहादुर खत्री, कृष्ण प्रसाद बगाले, घनराज सुवेदी र दिनेश बहादुर कुँवर विजयी भए ।
लक्ष्मीनारायण चौधरी प्यानलबाट आशिष सुनार, रामेश्वर न्यौपाने विजय भएका छन। बेलौरी उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि आज बिहानैदेखि मतदान भएको थियो ।
आज भएको चुनावमा जम्मा ५ सय २८ जना मतदाता थिए । जसमा ५ सय ४ मत खसेको थियो। १५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
उद्योग उपाध्यक्षमा विजयलक्ष्मी श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा हरिप्रसाद खरेल, महासचिवमा गोविन्द प्रसाद सापकोटा, सचिवमा वसन्त पुन मगर, कोषाध्यक्षमा महेन्द्र सिंह बुडाल यसअघिनै निर्विरोध निर्वाचित भइसकेका थिए ।