ghar sansar

खैरभट्टीको लक्ष्मी माविमा पनि अंग्रेजीमा पठनपाठन, भर्ना अभियान उत्साहित

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ खैरभट्टीस्थित लक्ष्मी माध्यामिक विद्यालयले विद्यार्थी भर्ना अभियान सुरु थालेको छ। अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पठनपाठन गर्ने उद्देश्यले विद्यालयले भर्ना अभियान सुरु गरेको लक्ष्मी मावि खैरभट्टीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र सिह साउदले बताए ।

dirghayi clinic

उनका अनुसार नयाँ वर्ष २०८० बाट नर्सरी देखि कक्षा ३ (तीन) तथा कक्षा ६ र कक्षा ९ मा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पठनपाठन हुने भएको हो। उनले भने ’नयाँ वर्ष २०८० बाट नर्सरी देखि कक्षा ३ (तीन) तथा कक्षा ६ र कक्षा ९ मा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा पठनपाठन गर्ने उद्देश्यले भर्ना अभियान सुरु थालेका हौँ ।

,orning glory badhai

अभिभावकले आफ्ना सन्तान बोडिङ्ग स्कुलबाट छुटाएर सामुदायिक विद्यालयमा समेत भर्ना गराइरहेका छन् । भीमदत्त नगरपालिका १५ का पूर्व वडा अध्यक्ष भीम बहादुर शाह, भीमदत्त नगर कार्यपालिका सदस्य चक्र बहादुर सुनार, विद्यालय व्यवस्थापन समितिका पूर्र्व अध्यक्ष तथा वडा सदस्य नारद सुनारले आफ्ना नाति नातिनीहरूलाई तथा समाजसेवी धर्मेन्द्र भाटले आफ्ना भतिजा भतिजीलाई तथा अन्य धेरै अभिभावकले लक्ष्मी मावि खैरभट्टीमा आफ्ना छोरा छोरी भर्ना गराएका छन् ।

विद्यालयका अध्यक्ष साउद तथा प्रधानध्यापक प्रकाश बहादुर चन्दले विद्यालयमा आफ्ना छोराछोरी भर्ना गराउन अभिभावकलाई आह्वान समेत गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...