ghar sansar

बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रलाई साउँद समाजको खाद्यान्न सहयोग

little buddha academy
khasi

महेन्द्रनगर । साउद सेवा समिति कञ्चनपुरले बेदकोट नगरपालिका–७ रौटेला स्थित श्री बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा फलफूल तथा खाद्यान्न वितरण गरिएको छ ।

मंगलबार सावँद सेवा समिति कञ्चनपुरको आयोजनामा वृद्धाश्रममा फलफूल तथा खाद्यान्न वितरण गरिएको सावँद सेवा समितिका केन्द्रिय महासचिव बिरेन्द्र सिह साउदले बताए ।

,orning glory badhai
dirghayi clinic

कार्यक्रममा सावँद सेवा समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष उदय प्रकाश साउद, केन्द्रीय महिला उपाध्यक्ष डा. पदमा भण्डारी साउद, जिल्ला अध्यक्ष ललित साउद, महिला उपाध्यक्ष इन्द्रा साउद, उपाध्यक्ष मोहन साउद, सचिव जगत साउद, अर्थ सहसचिव गोपाल सिह साउद तथा जिल्ला सल्लाहकार संयोजक सुरेन्द्र सिह साउद, सल्लाहकार सदस्य चेत बहादुर साउद, सल्लाहकार सदस्य नापु सिह साउद र सावँद सेवा समितिका जिल्ला सदस्य दुर्गा साउद, राजेन्द्र सिह साउद, बिरेन्द्र सिह साउद लगायतको उपस्थिति रहेको सावँद सेवा समितिका केन्द्रिय महासचिव बिरेन्द्र सिह साउदले बताए ।

उनका अनुसार उक्त ज्येष्ठ नागरिक सेवा केन्द्रका व्यवस्थापक बहादुर सिह बिष्टसँग त्यहाँका समस्याहरूको बारेमा छलफल तथा त्यहाँका वृद्ध वृद्धाहरू सँग अन्तरक्रिया गरी उनीहरूका समस्याहरू बुझेको र आफूहरूले सकेको सहयोग गर्ने समेत बताए। उनले भने ‘हामिले त्यहाँका व्यवस्थापक बहादुर सिह बिष्टसँग तथा त्यहाँका वृद्ध वृद्धासँग अन्तरक्रिया गरेर समस्याहरू बुझेको र उनिहरूलाई आफूहरूले सँधै सक्दो सहयोग गर्ने छौँ ।’

समितिले वृद्धाश्रममा फलफूल, चामल, दाल, तेल तथा मसला वितरण गरेको सावँद सेवा समितिका जिल्ला अध्यक्ष ललित सिह साउदले बताए ।

सावद सेवा समितिले पछिल्लो समयदेखि दैविक प्रकोप जस्ता संकटग्रस्त परिवारलाई सहयोग गर्दै आइरहेको र आगामी दिनहरूमा पनि अनाथ, वृद्ध वृद्धा, असहायहरूलाई सहयोग तथा सेवाका कार्यमा निरन्तरता दिइरहने समेत उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...