ghar sansar

शुक्लाफाँटामा दुई वडाका वासिन्दालाई शुद्ध खानेपानी पुगाउन १३ करोडको खानेपानी आयोजना सुरु

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ९ मा दुई वडाका वासिन्दालाई शुद्ध खानेपानी सुविधा पुगाउन खानेपानी योजना निर्माण कार्य सुरु भएको छ । शुक्लाफाँटा नगरपालिका ९ र ८ का वासिन्दाका लागि १३ करोड लगानीमा शुक्लाफाँटा खानेपानी आयोजनाको निर्माण कार्य अघि बढेको हो ।

खानेपानी आयोजनाका लागि उपभोक्ता समिति गठन भएर निर्माण कार्य अघि बढेको वडा अध्यक्ष रमेश बहादुर ऐरले बताए । ‘दुई वडाका वासिन्दालाई शुद्ध खानेपानी पुगाउन योजना सञ्चालन गरिएको हो, त्यस अन्र्तगत अहिले योजना अन्र्तगत १८ लाखमा बोरिङ्ग जडान गरिएको छ ।’

lotus institite
daimond public

वडा अध्यक्ष ऐरका अनुसार यस अघि आयोजनाको लागि पर्खाल निर्माण गरिएको थियो । तीन कट्टा जमिनमा बनाउन लागिएको खानेपानी आयोजनाबाट दुई वडाका सात सय भन्दा बढी परिवार लाभावान्तित हुने वडा अध्यक्ष ऐरले बताए ।

खानेपानी आयोजनाका लागि स्थानीयले जग्गा दान दिएका छन् । स्थानीय डम्बर बहादुर ऐर, सुनादेवी ऐर र तिर्थ बहादुर ऐरले जग्गा दान दिएका हुन् । जग्गाको चलनचल्ती मूल्य १८ लाख बढी छ ।

यो आयोजना सञ्चालनमा आएपछि शुक्लाफाँटामा ओभरहेड टयाङ्की नभएको वडा १२ नम्बरमा मात्रै हुनेछ । अहिलेसम्म वडा नं. ९ र १२ मा मात्रै ओभरहेड टयाङ्की छैन ।

शुक्लाफाँटा नगरपालिका ९ का अध्यक्ष ऐरले खानेपानी आयोजना सञ्चालनका लागि वडा र नगरपालिकाले सक्दो सहयोग गर्दै आएको बताए ।

Himal dental
सम्बन्धित
Loading...