ghar sansar

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अझै राजतन्त्र, राजा महाराजका नामबाटै हात्तीको नामाकरण

dirghayu ad

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छावा सहित ७ हात्ती छन् । ६ वयस्क हात्तीमा भाले पोथी बराबर छन् । यी वयस्क हात्तीसंग शेषचन्द्र गज बच्चा छन् । शुक्लाफाँटामा हात्तीको दरबन्दी १० हो । त्यस दरबन्दीमा सात हात्ती मात्रै छन् । हात्तीका तीन दरबन्दी खाली छन् ।

‘शुक्लाफाँटामा हात्तीको १० दरबन्दी हो,दरबन्दी अनुसार हात्ती छैन, दरबन्दी भन्दा कम छन्’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले भने, ‘अहिले बच्चा सहित ७ हात्ती मात्रै छन् ।

ratnam malkhad

निकुञ्जमा अनुसार दरबन्दीमा नारायण प्रसाद, श्रुतिकली, रुपकली, नारायणकली, लव प्रसाद र सिह प्रसाद वयस्क हात्ती छन् । वयस्क हात्तीमध्ये नारायण प्रसाद, श्रुतिकली र रुपकली भाले हुन् । अन्य तीन पोथी छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले राजा महाराजका नामका आधारमा हात्तीको नामाकरण हुँदै आएको बताए । ‘अहिलेसम्म राजा महाराजका नामका आधारमा हात्तीको नाम राखिँदै आएको छ, तर अहिले नामाकरणका लागि कार्य विधि बनाउने भन्ने छलफल पनि चलि रहेको छ ।’

अहिले छलफल थालिएको कार्यविधि बनेपछि मात्रै राजा महाराजका नाम छाडेर हात्तीका अन्य नाम राख्न सकिने सहायक संरक्षण अधिकृत ऐरले बताए ।

गणतन्त्र घोषणापछि तत्कालिन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्षको नाम फेरिएर शुक्लाफाँटा वन्यजन्तु आरक्ष भएको थियो । त्यहीं आरक्ष सात वर्ष अघि २०७३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएको थियो ।

शुक्लाफाँटा निकुञ्जको हात्तीसार, मालुमेला र शुक्लाफाँटा पोष्टमा हात्ती राखिएका छन् । दरबन्दीका सबै हात्तीले निकुञ्जका कर्मचारीझैं रासन लगायतका सुविधा पाउने गरेका छन् ।

दरबन्दीका एक हात्ती बराबर तीन जना कर्मचारी खटिएका छन् । उनीहरुमा माहुत, फणित र पछुवा छन् । यी तीनमध्ये फणित कमाण्डर हुन्छ । माहुतले हात्तीलाई चलाउने गर्छ ।

‘हात्ती चलाउनेदेखि स्याहारसुहार, दाना बनाएर खुवाउनेसम्मका सबै काम यहीं टोलीले गर्छ’ निकुञ्जका सहायक संरक्षण अधिकृत ऐरले भने ।

शुक्लाफाँटामा सफारी, वन्जयन्तु अनुगमन, बाघ र बाह्रसिंगाको गणना र वन्यजन्तुको उद्धारमा हात्तीको प्रयोग हुने गरेको छ । ‘निकुञ्जभित्र बाटो नभएको स्थानमा जान पनि हात्ती प्रयोग गर्छौ’ निकुञ्जका संरक्षण अधिकृत ऐरले भने ।
शुक्लाफाँटामा जङ्गली हात्ती २५ देखि ४० को संख्यामा छन् । जङ्गली हात्ती निकुञ्ज भित्रिने बाहिरिने क्रममा चलि रहन्छ ।

Himal dental
सम्बन्धित
Loading...