ghar sansar

सामुदायिक विद्यालयलाई शुल्क फिर्ता बेलडाँडी गाउँपालिकाको निर्देशन

little buddha academy
khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाले सामुदायिक विद्यालयहरुलाई भर्ना सहित विभिन्न नाममा लिइएको शुल्क फिर्ता गर्न निर्देशन दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले बिहीबार शुल्क फिर्ताका लागि सूचना जारी गरेका छन् ।

dirghayi clinic

बैैशाख ११ गते बसेको गाउँपालिकाको बैठकअनुसार पालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुलाई शैक्षिक सत्र २०८० का लागि लिइएको रकम सम्बन्धित अभिभावकहरुलाई अबिलम्ब फिर्ता गर्न भनिएको छ ।

,orning glory badhai

‘अब उप्रान्त अन्य अभिभावकहरुबाट भर्ना शुल्क तथा विभिन्न सेवाको नाममा रकम नलिन अनुरोध छ,’ सूचनामा भनिएको छ। सामुदायिक विद्यालयहरुमा निःशुल्क शिक्षा प्रदानका लागि गाउँपालिकाले आवश्यक व्यवस्थापन गर्ने जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...