ghar sansar

भीमदत्त १३ मा स्वास्थ्य शिविरसंगै भत्ता पनि पनि बाँडियो

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयले वडाका सबै टोलमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडाले शिविरिसंगै सामाजिक सुरक्षा भत्ता पनि वितरण गरेको छ ।

dirghayi clinic

भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले हरेक महिना स्वास्थ्य जाँचका साथै समाजिक सुरक्षा भत्ता समेत संगसंगै वितरण गरिएको बताए । ‘हामीले हरेक महिनामा टोल टोलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरेर नागरिकको स्वास्थ्य बारे अपटेड लिने गरेका छौँ, ‘वडाध्यक्ष बोहराले भने, ‘यो मेरो चुनावी प्रतिबद्धता पनि हो ।’

Anant bahu travels

वडामा समेत गरिबी निवाचरणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तरगत खेलौना मिर्माण सम्बन्धी तालिम समेत समेत सञ्चालन गरिएको छ ।

भीमदत्त नगरपालिका १३ का वडा सचिव हर्क बहादुर धामीले वडामा ८ सय ५६ जना समाजिक सुरक्षा भत्ता बुझ्दै आएको जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...