महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर शुक्रवार एक जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय झलारीका अनुसार शुक्लाफाँटा–१० लालपनिया खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दान बहादुर चुनाराको मृत्यु हो ।
करेन्ट लागेर घाइते भएका चुनाराको उपचारका क्रममा कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुर्य बहादुर शाहीले बताए ।