नाबालिग बलात्कारका आरोपित तिलाचौरका देउवा पक्राउ, सहयोगी पनि अनुसन्धानमा तानिए

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका–८ तिलाचौरकी एक १५ वर्षीया बालिकालाई आरोपमा आरोपित १९ वर्षीय १९ वर्षीय पारस ठकुरी देउवा पक्राउ परेका छन् । बालिकाका आफन्तले बिहीबार देउवा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार बलात्कार घटनामा देउवालाई सहयोग गरेको आशंकामा केही अन्य स्थानीय युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सोधपुछ भइरहेको छ ।

janjyoti campus

बुधबार मध्यरातमा नाबालिगलाई आरोपित देउवाले घर नजिकको खेतमा बलात्कार गरेको भन्दै शुक्रबार उजुरी परेपछि उनलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए ।

‘पीडित परिवारले देउवाविरुद्ध मात्रै आज उजुरी दिनु भएको छ,’ उनले भने, ‘अरु केहीले सहयोगात्मक भूमिका निर्वाह गरेकाले ल्याएर सोधपुछ गरी छाडनेक्रम जारी छ ।’

कलिलो उमेर देखिनै भारतमा बस्दै आएकी ती नाबालिगा १२ वैशाखमा घर आएकी थिइन्। उनलाई देउवाले राति करिब दुई बजेतिर घरबाटै लगेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

पीडित नाबालिगले आफूमाथि भएको घटना करिब चार बजे तिर घरमा आएर ठूली आमालाई बताएको आफन्तले जनाए। पीडित र पीडक दुबैको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान गरिरहेको डिएसपी डाँगीले बताए ।

ghar sansar
सम्बन्धित
Loading...