ghar sansar

सुदूरपश्चिमकै उत्कृष्ठ शैक्षिक गन्तव्य लिटिल बुद्ध, जहाँ पढ्छन् अढाई हजार बढी विद्यार्थी

dirghayu ad

महेन्द्रनगर । लिटिल बुद्ध एकेडेमी सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा उत्कृष्ठ गन्तव्यका रुपमा पहिचान बनाउन सफल भएको छ । झण्डै दुई दशक अघि स्थापना गरिएको लिटिल बुद्ध एकेडेमीले शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, खेलकूद लगायतमा अभूतपूर्व उपलिब्ध हासिल गरी उत्कृष्ठ शैक्षिक गन्तव्य बन्न पुगेको छ ।

सुदूरपश्चिममा सम्भवतः सबैभन्दा बढी विद्यार्थी लिटिल बुद्ध एकेडेमीमा अध्ययनरत छन् । हाल विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म २ हजार ५ सय १० विद्यार्थी छन् । कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र कानुन संकायको पठनपाठन हुन्छ ।

ratnam malkhad

कक्षा नर्सरीदेखि ८ सम्मको अनुमति लिएर २०६३ मा विद्यार्थी स्थापना भएको थियो । २०६४ मा कक्षा ९ को पठनपाठन सुरु गरी विद्यालयले एक वर्षपछि प्रवेशिका अर्थात एसइईमा पहिलो पटक सहभागी भएको थियो । पहिलो प्रवेशिकादेखि हाल एसएईईसम्म विद्यालयले उत्कृष्ठ नतिजा हासिल गर्दै आएको छ ।

प्रवेशिका परीक्षामा सहभागी भएको चार वर्षपछि २०६९ मा प्लस टु मा विज्ञान र व्यवस्थापन संकायको पठनपाठन सुरु गरी एक वर्षपछि कक्षा १२ को बोर्ड परीक्षमा सहभागी भएको थियो । २०७७ देखि विद्यालयले कानुन संकायको पठनपाठन गर्दै आएको हो ।

विद्यालयले विद्यार्थीहरुको पठनपाठन बाहेक अतिरक्ति क्रियाकलापलाई विशेष प्राथमकिता दिएको छ । विद्यालयमा क्रिकेट, भलिबल, फुटबल, ब्याडमिन्टन र एथ्लेटिक्स खेलका प्रशिक्षक राखिएका छन् । विद्यार्थीहरुलाई विभिन्न खेल खेल्नका लागि दुई खेल मैदान छन् । जिल्ला स्तरीय विभिन्न खेलका प्रतियोगितामा विद्यालयले जित हासिल गरेको छ । विद्यालयले नयाँ शैक्षिक सत्रदेखि गायन र नृत्यका लागि पनि प्रशिक्षण राख्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधारले सम्पन्न विद्यालयमा अत्याधुनिक सुविधा सहितका कक्षा कोठा छन् । नर्सरीदेखि कक्षा १० सम्म पठनपाठन हुने चार तले भवनमा ७० कक्षा कोठा छन्् । ३० कोठा भएको अर्को भवनमा कक्षा ११ र १२ को पठनपाठन हुने गरेको छ । विद्यालयमा राष्ट्रिय स्तरको मापदण्ड अनुसारको विशाल पुस्तकाय, कम्युटर ल्याब, विज्ञान ल्याब, छात्राबास लगायतका व्यवस्था छन् । सिसिटिभी जडान भएका सबै कक्षा कोठामा प्रोजेक्टरबाट पठनपाठन हुने गरेको छ ।

विद्यार्थीको सुविधाका लागि आधा दर्जन स्कुल बस छन् । विद्यालयको कक्षा कोठा सहित पूर्वाधार बनाउन ४० करोड लगानी खर्च भएको छ ।

आइसो सर्टिफाइटका लागि प्रक्रिया थालिएको यस विद्यालयले दुई पटक राष्ट्रिय स्तरको पुरस्कार पाएको छ । गत वर्ष दुबहीमा अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाए देश बाहिर पनि पहिचान बनाउन सफल भएको छ ।

डेढ सय बढी शिक्षक कर्मचारी भएको यस विद्यालयमा अध्ययन गरेका विद्यार्थी स्वदेश र विदेशका विभिन्न क्षेत्रमा कार्यरत छन् । विद्यालयले हरेक वर्ष एलबीए फेस्ट, वार्षिकोत्सव, विज्ञान प्रदर्शनी, खेलकूद प्रतियोगिता आयोजना लगायतका कार्यक्रम गर्दै आएको छ ।

बालबालिकालाई गौतम बुद्धझै असल नागरिक बनाउने लक्ष्य लिएर सञ्चालन गरिएको विद्यालयले लगनशिलाता, मिहिनेत र विद्यार्थी अभिभावक सबैको साथ र सहयोगले उत्कृष्ठ शैक्षिक गन्तव्य बन्न सफल भएको प्रिन्सिपल श्याम सिह मौनीले बताए । (एडभर्टोरियल ) 

Himal dental
सम्बन्धित
Loading...