ghar sansar

शुक्लाफाँटाको कालागौडीमा पेशागत महासंघको निःशुल्क स्वास्थ्य शिविर, दुई सय बढी स्थानीय लाभावान्तित

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका वडा नं. १२ कालागौडीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । पेशागत महासंघ नेपाल जिल्ला कार्य समिति कञ्चनपुरले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शिविर आयोजना गरिएको छ ।

शिविरमा २ सय भन्दा बढी स्थानीयको स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि औषधि पनि वितरण गरिएको छ ।

Anant bahu travels

शुक्लाफाँटा नगरपालिका वडा नं. १२ ले शिविर व्यवस्थापन, महाकाली प्रादेशिक अस्पताल र स्वाथ्य कार्यालय कञ्चनपुरले प्राविधिक सहयोग गरेका छन् । अस्पतालले प्राविधिक जनशक्ति र स्वास्थ्य कार्यालयले शिविरका लागि औषधि सहयोग गरेको छ ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टको नेतृत्वमा चिकित्सक टोलीले स्वास्थ्य जाँच गरेको छ ।

टोलीमा डा. भट्ट सहित स्त्रीरोग विशेषज्ञ डा. कविता शाह, सर्जन डा. निर्मल थापा, मेडिकल अफिसर डा. सुदिप शाह र स्वास्थकर्मीद्वय प्रकाश चन्द्र जोशी र राम बहादुर विष्ट पनि सहभागी भएका छन् ।

dirghayi clinic

शिविरिमा ब्लड प्रेसर, सुगर, दम, हाइड्रोशिल, पाठेघर खस्ने समस्या समस्या लगायतका समस्या जाँच गरिएको छ । पेशागत महासंघ नेपाल कञ्चनपुरका अध्यक्ष देबदत्त जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री लाल बहादुर खड्का प्रमुख अतिथि थिए ।

कार्यक्रममा पेशागत महासंघ नेपालका केन्द्रीय सदस्यद्वय गोविन्द सिह विष्ट, मिना नेगी, महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष डा. कविन्द्र चन्द, एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय सदस्य केशब दत्त बडु, जिल्ला अध्यक्ष जिल्ला अध्यक्ष पुरुषोत्तम भट्ट, शुक्लाफाँटा नगरपालिका १ का वडा अध्यक्ष नवल सिह राना, महाकाली प्रादेशिक अस्पाल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट, पेशागत महासंघ कञ्चनपुरका जिल्ला उपाध्यक्ष सन्तोस विष्ट लगायतका सहभागी भएका छन् ।

पेशागत महासंघ नेपालका जिल्ला अध्यक्ष जोशीले शुक्रबार सरकारी सेवाबाट अवकाश पाएका छन् । उनले अवकास पाएपछि कालागौडीमा पहिलो कार्यक्रम स्वास्थ्य शिविर लगाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...