
महेन्द्रनगर । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको झलारी शाखाका वरिष्ठ एजेन्सी नेपाल मेनेजर नरेन्द्र प्रसाद जोशी नेपाल लाइफ रत्नका लागि छनौट भएका छन् ।
नेपाल लाइफले चालु आर्थिक वर्षदेखि सुरु गरेको अभिकर्ता सम्मान अन्तर्गत जोशी सबैभन्दा बढी प्रथम बीमा शुल्क संकलन गरी रत्नका लागि छनौट गरिएक हुन् ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सुदूरपश्चिम प्रदेश प्रमुख दिपक भट्टले जोशीले चालु आर्थिक वर्षमा हालसम्म ७५ लाख बढी प्रथम बीमा शुल्क संकलन गरेको बताए ।
जोशी कञ्चनपुर उद्योग बाणिज्य संघका कार्य समिति सदस्य पनि हुन् । उनलाई केही दिनपछि रत्न प्रदान गरिने प्रदेश प्रमुख भट्टले जानकारी दिएका छन् ।
