ghar sansar

फेसबुकमा आलोचनापछि पश्चिमी सीमा नाकामा फेरियो च्यातिएको राष्ट्रिय झण्डा

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलास्थित नेपाल–भारत सीमामा च्यातिएको नेपाली राष्ट्रिय झण्डा फेरिएको छ । सीमामा च्यातिएको झण्डा टाँगिएको भन्दै चर्को आलोचना भएपछि शनिबार भीमदत्त नगरपालिकाले राष्ट्रिय झण्डा फेरेको हो ।

‘झण्डा च्यातिएको जानकारी आएपछि हिजो नै नगरपालिकासँग समन्वय गएिको थियो, आज च्यातिएको झण्डा फेरिएको छ,’ प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोपालप्रसाद अर्यालले भने, ‘सीमा क्षेत्रमा राष्ट्रिय झण्डा फहराइएको छ ।’

ratnam malkhad

गड्डाचौकीस्थित नेपाल–भारत ७ नम्बर पिल्लर नजिक रहेको स्तम्भमा टाँगिएको राष्ट्रिय झण्डा हावाले च्यातिएको थियो। च्यातिएको झण्डा नफेरेको भन्दै नगरपालिकाको चर्को आलोचना भएको थियो ।

चर्को आलोचनापछि प्रमुख जिल्ला अधिकारी अर्यालले यो विषय प्रशासनको जानकारीमा आइसकेको र बिहानै झण्डा फेर्ने जवाफ दिएका थिए । बिहान क्रेन र झण्डा लगेर नगरपालिकाका कर्मचारी सीमा क्षेत्रमा पुगेका थिए ।

Himal dental
सम्बन्धित
Loading...