
महेन्द्रनगर । बैतडीको पाटन नगरपालिका– ६ पाटन बजारमा सडक निर्माणका लागि प्रयोग गर्न लागिएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ ।
पाटन बजारको कृषि विकास बैंक पछाडिको सडक स्तरोन्नतिका लागि प्रयोग गरिएको गिट्टीमा मान्छेको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

गिट्ट्ीको थुप्रोबाट रौँसमेत देखिएको मान्छेको टाउको कुकुरले लग्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीको नेतृत्वमा प्रहरी खटिएको छ ।
