ghar sansar

भीमदत्त नगरपालिका १२ मा निःशुल्क आँखा शिविर, झण्डै चार सय जनाको आँखा जाँच

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा न.ं १२ मा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र महेन्द्रनगर आँखा अस्पताल र वडा कार्यालयको संयुक्त आयोजना शिविर गरिएको छ ।

शिविरमा ३ सय ८२ जनाको निःशुल्क आँखा जाँच गरिएकोमा ३८ जना मोतिबिन्दु तथा ३ जना मासुबढेको गरी जम्मा ४१ जनालाई महेन्द्रनगर आँखा अस्पतालमा शल्यक्रियाका लागि रिफर गरिएको छ ।

अन्यलाई निःशुल्क औषधि तथा चश्मा वितरण गरिएको महेन्द्रनगर आँखा अस्पतालका नेत्र अधिकृत बीर सिह धामीले बताए ।

Himal dental
सम्बन्धित
Loading...