ghar sansar

साँसद लेखकद्वारा महाकाली कोरिडोर निरीक्षण, दशैंमा जोगबुडासम्म हिँड्न सकिने गरी ट्रयाक खोल्न निर्देशन

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आइतबार निर्माणाधिन महाकाली कोरिडोरको निरीक्षण गरेका छन् । उनीसंगै जनप्रतिनिधि, राजनीतिक दलका नेता, कोरिडोर आयोजना कार्यालयका प्राविधिक सहभागी भएका छन् ।

daimond public

२०६६ मा ब्रह्मदेबदेखि सुरु गरिएको कोेरिडोरको स्थानीयको अवरोध र चुरे क्षेत्रका कारण अवरुद्ध भएको थियो । चार वर्ष अघि चुरे क्षेत्रको इआए भएपछि रुख कटान प्रक्रिया सुरु गरी अघिल्लो वर्ष ठेक्का गरिएको थियो । वन कार्यालयले अहिले रुख कटान सुरु भएपछि कोरिडोरको ब्रह्मदेब जिरो पोइन्टबाट निर्माण सुरु गरिएको छ ।

lotus institite

साँसद लेखकले जिरो पोइन्टदेखि खल्लासम्म सडक क्षेत्र निरीक्षण गरेका छन् । उनले असोजको दशैंसम्म जोगबुढासम्म हिँड्न सकिने गरी ट्रयाक खोल्न निर्देशन दिएको भीमदत्त नगरपालिकाका उप प्रमुख निलम लेखक जोशीले बताइन् ।

कञ्चपुर खण्डको झण्डै ११ किलोमिटर ट्याक खोल्नका लागि सन्नीदेव दिवा जेभीले ठेक्का पाएको छ । कञ्चनपुरको नाकालाई त्रिदेशीय नाका विस्तारका लागि निर्माण हुने कोरिडोर समयमै सम्पन्न गर्न निर्माण कम्पनीसं गआग्रह गरेका छन ।

Himal dental
सम्बन्धित
Loading...