ghar sansar

लालझाडीमा नागरिकसंग अध्यक्ष विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन

महेन्द्रनगर । लालझाडी गाउँपालिकामा नागरिकसँग गाउँपालिका अध्यक्ष स्वास्थ्य विशेष कार्यक्रम सञ्चालन गरिएको छ । जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउँबासीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र रोगको पहिचान गरी उपचारका योजना बनाउन गाउँपालिकाले ‘नागरिकसँग गाउँपालिका अध्यक्ष’ स्वास्थ्य विशेष कार्यक्रमको सुरुवात गरेको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए ।

आइतबार औपचारिक कार्यक्रम गरी सुरु गरिएको कार्यक्रम सबै सबै वडामा वासिन्दाको घरदैलोसम्म पुगेर सेवा प्रवाह गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक खगेन्द्र चौधरीले बताए ।

mantra hos123

कार्यक्रमबाट लक्षित वर्गका नागरिकसम्म स्वास्थ्य सेवा सहज तरिकाले पुर्याउने उद्देश्यले उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीको समस्या पहिचान, महिलाको आङ खस्ने समस्या, मिर्गौला पीडित, क्यान्सर र अन्य दीर्घ रोगी लगायतको खोज पड्ताल गरी जानकारी लिने र उपचार योजना गर्ने योजान बनाइएको छ ।

स्वास्थ्यकर्मी सहितको टोली घर दैलोमा गई स्वास्थ्य चेकजाँच र आवश्यक परामर्श दिइने बताइएको छ। कार्यक्रममा सहभागीहरूको उच्च रक्तचाप र मधुमेहका लागि रगत जाँच गरिएको छ ।

कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्ट लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...