ghar sansar

अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रुपमा लागेको छ : लेखक

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले अर्थतन्त्र सुधारका लागि सरकार लागि परेको बताएका छन् । उनले अर्थतन्त्र सुधारका लागि अर्थ मन्त्रालयको जिम्मेवारी लिएको बताए ।

dirghayi clinic

‘प्रधानमन्त्रीज्यूले जुन फागुन १ गते खुला मञ्चमा अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने कुरा गर्नु भयो, त्यसका लागि सरकार लागि रहेको छ’ प्रेस युनियन कञ्चनपुरले सोमबार विहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘अर्थतन्त्रमा केही समस्या छन्, ती समस्या सम्बोधन गर्न आवश्यक छ, अर्थतन्त्र सुधारका लागि काँगे्रेसले अर्थ मन्त्रालयको जिम्मेवारी पनि लिएको छ, समस्या समाधान हुने गरी अघि बढ्न आवश्यक छ ।’

,orning glory badhai

कोभिड महामारीको अवस्था र अहिले अन्तर्राष्ट्रिय स्तरमा देखिएको युद्धले अर्थतन्त्र समस्यामा परेको उल्लेख गर्दै उनले सरकार सुधारका लागि गम्भीर भएको बताए । कञ्चनपुर क्षेत्र नं. ३ का साँसद लेखक आइतबार महेन्द्रनगर आएको हुन् ।

Himal dental
सम्बन्धित
Loading...