बेलौरी पुगेर पनि हुलाकी राजमार्गको भारतीय अवरोधमा चुपचाप बसेर फर्किए परराष्ट्र मन्त्री साउँद

महेन्द्रनगर । बेलौरी पुगेका परराष्ट्र मन्त्री एनपी साउँद भारतले पटक पटक अवरोध गर्दैै आएको हुलाकी राजमार्गको विवादमा केही नबोली फर्किएका छन् । उनी बेलौरी पुगेपछि हुलाकी राजमार्गको निरीक्षण गर्ने स्थानीयको अपेक्षा थियो ।

मन्त्री साउँदले बेलौरी छोटी भन्सार कार्यालयको भने स्थलगत अनुगमन गरेका छन् । उनले भन्सार कार्यालय पुनः सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने आश्वासन दिएका छन् । भन्सार कार्यालय गत वर्षदेखि बन्द छ ।

janjyoti campus

उनलाई सीमा सरोकार समूहका संयोजक पल्लवराज भट्टले सीमा विवाद सहितको माग राखेर ज्ञापन बुझाएका छन् ।
बेलौरी नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा उनले नगर प्रमुख पोतिलाल चौधरी सहित जनप्रतिनिधिहरू र सरोकारवालासित छलफल गरेका छन् ।

बेलौरी उद्योग वाणिज्य संघले समेत विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । यही बैशाख ३ गते परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुग्नु भएका साउँदले सोमबार नै नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले आयोजना गरेको बधाई ज्ञापन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई समेत सम्बोधन गरेका छन् ।

मन्त्री साउँदले कुनै समय आफू पनि कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संसदमा पुगेको स्मरण गर्दै यहाँका समस्या समाधानका लागि केन्द्रित हुने बताए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले संघीय सरकारमा परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेकोमा मन्त्री साउँदलाई बधाई ज्ञापन गर्दै कञ्चनपुर क्षेत्र नम्बर १ का समस्याहरू अवगत गराउँदै समाधानका लागि आग्रह गरेका छन् ।

उनले बेलौरी भन्सार, सीमा विवाद, हुलाकी सडकखण्डमा भारतको अवरोध लगायतका विषयमा मन्त्री साउँदको ध्यानाकर्षण गराएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...