ghar sansar

झकासको वडामा सामुदायिक विद्यालयका विद्यार्थीलाई पूर्व सैनिकले गराउने छन् अतिरिक्ति क्रियाकलाप

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ का सामुदायिक विद्यालयमा पूर्व सैनिक विद्यार्थीहरुलाई अतिरिक्ति क्रियाकलाप गराउने भएका छन् । भीनपा १३ वडा कार्यालयले वडाभित्रका दुई सामुदायिक विद्यालयमा अतिरिक्त क्रियाकलापका लागि पूर्व सैनिक व्यवस्थापन गरेको छ ।

नयाँ शैक्षिक सत्रको भर्ना सुरु भएपछि वडा अध्यक्ष राम बहादुर बोहराले विद्यार्थीहरुलाई हप्तामा एक दिन अतिरिक्त क्रियाकलापका लागि पूर्व सैनिक राखेका छन् । जेठ १ गतेदेखि बैजनाथ आधारभूत विद्यालय र सिद्धनाथ माध्यमिक विद्यालयमा पूर्व सैनिकले विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराउने तयारी गरिएको छ ।

Anant bahu travels

सामुदायिक विद्यालयको शैक्षिक सुधार अन्र्तगत वडाभित्रका विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नका लागि पूर्व सैनिकलाई व्यवस्थापन गरिएको वडा अध्यक्ष बोहराले बताए ।

‘मैले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छु, शिक्षा क्षेत्रको सुधार नगरी अन्य क्षेत्रको विकास हुन सक्दैन’ उनले भने,‘त्यस कारण शैक्षिक क्षेत्र सुधारका लागि केही गर्न सकिन्छ भनेर यस वर्षदेखि वडाभित्रका दुई विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागि पूर्व सैनिक राखेर अघि बढेका छौ, यसबाट अतिरिक्त क्रियाकलापमा विद्यार्थीले राम्रो बन्न सक्छन् भन्ने आश गरेका छौ ।’

dirghayi clinic

अध्यक्ष बोहराले वडाभित्र बसोबास गर्ने पूर्व सैनिकसित कुराकानी गरेपछि उनीहरु विद्यालयलाई सहयोगका लागि तयार भएका छन् । उनीहरुले निःशुल्क रुपमा विद्यार्थीहरुलाई हप्तामा एक दिन अतिरिक्त क्रियाकलाप गराउने भएका छन् ।

‘विद्यालयमा अहिलेसम्म पनि अतिरिक्त क्रियाकलाप हुँदै आएका छन्, सैनिकबाट गराउँदा झन प्रभावकारी हुन्छ, वहाँहरु पनि यही समाजको मान्छे हो, वहाँहरुको पनि विद्यालयमा देन हुन्छ’ अध्यक्ष बोहराले भने ।

९ हजार जनसंख्या भएको वडा नं. १३ मा सामुदायिक र संस्थागत गरी चार विद्यालय छन् । त्यसमा सामुदायिक र संस्थागत बराबर छन् ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर बोहराले अध्यक्षमा चुनाव जितेका थिए । उनले पदभार सम्हालेपछि वडा कार्यालयको सरकारी कुर्चीलाई सजावट गरी राखेका छन् । उनी घरमा प्लाष्टिकको कुर्ची लगेर बस्दै आएका छन् ।

राम भगवानका अनुयायी उनी झकास उपनामले परिचित छन् । स्थानीय तह निर्वाचनमा उनी पुतली चुनाव चिन्ह लिएर चुनावमा निर्वाचित भएका थिए ।

सामुदायिक विद्यालयलाई उनी सबैका बालबालिकाले पढने चाहना राख्ने गरी सुधार गर्ने लक्ष्य लिएर अघि बढेका छन् । उनले यस शैक्षित्र सत्रमा आफ्ना छोरालाई निजी विद्यालयबाट छुटाएर वडाको बैजनाथ आधारभूत विद्यालयमा भर्ना गरि दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...