दोधारा चाँदनी नगरपालिकाले पनि ल्यायो आगामी वर्षको नीति तथा कार्यक्रम

lotus institute

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा आगामी आर्थिक २०८०÷०८१ को लागि वार्षिक नीति तथा कार्यक्रम पारित गरिएको छ । नगरपालिकाले दशौं नगर सभाबाट मंगलबार नीति तथा तथा कार्यक्रम पारित गरेको छ ।

दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नगर सभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मेयरले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल गरी पारित गरिएको छ ।

morning glory
Mahendranagar

नगर सभाबाट नीति तथा कार्यक्रम पारित भएपछि नगरपालिकाको आगमी योजना तर्जुजा प्रक्रिया अघि बढ्ने भएको छ । यस अघि असार १० गते स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनु प्रावधान संशोधन गरी यस वर्षदेखि असारमा बजेट मात्रै ल्याउने गरी त्यस अघि नीति तथा कार्यक्रम पारित गर्नु पर्ने व्यवस्था गरेको छ ।

स्थानीय तह योजना तर्जुमा दिग्दर्शन लागू गरी सबै स्थानीय तहलाइ वैशाखमा नीति तथा कार्यक्रम ल्याउनु पर्ने व्यवस्था गरिएको छ । केही स्थानीय तह बाहेक धेरैले नीति तथा कार्यक्रम ल्याउन नसक्ने अवस्था छ ।

 

saark school
सम्बन्धित
Loading...