ghar sansar

शुक्लाफाँटा निकुञ्ज विस्थापितले अल्टिमेटम सहित बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

khasi

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारले पुनस्र्थापनको माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित भएको लामो समयसम्म पुनस्र्थापन नभएका उनीहरुले काठमाडौं गएर प्रधानमन्त्रीलाई आन्दोलनमा जाने अल्टिमेटम सहित माग बुझाएका छन् ।

कञ्चनपुरबाट आएका पीडितहरुले बुधबार बाुलुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको क्रान्तिकाकारी कम्युनिष्ट पार्टीका महाधिवेशन आयोजक समिति सदस्य हरिप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

dirghayi clinic

‘आरक्ष पीडितका जायज मागलाई समय सीमाभित्र तत्काल समाधान नभएको खण्डमा आफू र आफ्नो पार्टीको नेतृत्वमा जस्तोसुकै संघर्ष कार्यक्रम गर्न बाध्य हुने छौ’ उनले भने,‘ प्रधानमन्त्रीज्यस्ले मन्त्रिपरिषद बैठकबाट उचित निर्णय लिने जानकारी दिनु भएको छ, समय सीमाभित्र त्यो आश्वासन पूरा हुने आश गरौ ।’

शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका र विस्थापितलाई पुनर्स्थापना गर्दा पुनः विस्थापित भएका पीडितहरु लामो समयदेखि निकुञ्जकै क्षेत्र र वरपर गरी १० वटा शिविरमा बसिरहेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा २०३७ देखि वस्ती खाली गरी पुनस्र्थापन गर्ने क्रम २०५८ सम्म चलेको थियो ।

संकटकालका बखत २०५८ मा सेना र हात्ती लगाएर बेदखल पारिएका वासिन्दा पुनस्र्थापन नभएर शिविरमा बस्दै आएका छन् । २०३७ देखि हालसम्म विस्थपित परिवार पुनस्र्थापनका लागि ३० ओटा आयोग÷समिति बनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...